Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आर्थिक वृद्धिदर साढे दुई प्रतिशत पनि नपुग्ने, प्रतिव्यक्ति आय १ लाख २६ हजार रुपैयाँ

जनता भ्वाइस by जनता भ्वाइस
April 29, 2020
in समाचार
0
आर्थिक वृद्धिदर साढे दुई प्रतिशत पनि नपुग्ने, प्रतिव्यक्ति आय १ लाख २६ हजार रुपैयाँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १७,

काठमाण्डौ । चालु आर्थिक वर्ष अर्थात २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा सीमित हुने भएको छ ।  केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनले यो वर्ष कोरोना भाइरसको कारण धेरैजसो क्षेत्रको वृद्धिदर खुम्चिएकाले जम्मा २ दशमलव २७ प्रतिशतको वृद्धिदर मात्रै हुने अनुमान गरेको छ । गएको आर्थिक वर्षमा ६ दशमलव ७५ प्रतिशत आर्थिक वृद्धिदर रहेको अनुमान विभागको छ ।

तथ्यांक विभागकाअनुसार कुल गार्हस्थ उत्पादनमा समग्र औद्योगिक क्षेत्र अर्थात प्राथमिक क्षेत्रको योगदान थोरै मात्र बढ्ने देखिएको छ । कृषि मत्स्य, वनउत्खननलगायत समावेश हुने प्राथमिक क्षेत्रको योगदान २८ दशमलव २ प्रतिशत मात्रै रहने अनुमान छ ।

यो वर्ष धान उत्पादनमा आएको कमी र कोरोना भाइरसको कारण प्राथमिक क्षेत्रको वृद्धिदर अघिल्लो आर्थिक वर्षमाभन्दा कमी देखिएको विभागले जनाएको छ ।

द्वितीय क्षेत्रमा पर्ने  निर्माण, उद्योग, ग्यास, पानीलगायतको योगदान अघिल्लो वर्षभन्दा कम हुनेछ । यो वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी)मा द्वितीय क्षेत्रको   योगदान १३ दशमलव ७२ प्रतिशत रहने अनुमान छ ।  अघिल्लो वर्ष यो क्षेत्रको योगदान १४ प्रतिशतभन्दा धेरै थियो ।

यस्तै सेवा क्षेत्रको योगदान ५७ दशमलव ८ प्रतिशत रहने अनुमान छ ।  यो वर्ष होटल तथा रेष्टुरेन्ट क्षेत्रको योगदान जम्मा १ दशमलव ४१ प्रतिशतमा झर्ने देखिएको छ । जबकि अघिल्लो वर्ष होटल तथा रेष्टुरेन्ट क्षेत्रको योगदान १७ प्रतिशतभन्दा धेरै थियो ।

प्रतिव्यक्ति आय बढ्यो

नेपालको प्रतिव्यक्ति आय यो आर्थिक वर्षमा १ लाख २६ हजार १८ रुपैयाँ पुग्ने अनुमान छ । तथ्यांक विभागका अनुसार यो वर्ष नेपालीको आय बढेर १ हजार ८५ अमेरिकी डलर अर्थात १ लाख २६ हजार ८० रुपैयाँ पुग्ने अनुमान छ । अघिल्लो आर्थिक वर्षमा नेपालीको आय १ लाख १७ हजार ३ सय ३३ रुपैयाँ थियो ।ujyaaloonline

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अत्यावश्किय आयोजनाहरु सुचारु गर्न संसदीय समितिको निर्देशन

Next Post

बजेट अधिवेशन बोलाउने तयारी

Next Post
बजेट अधिवेशन बोलाउने तयारी

बजेट अधिवेशन बोलाउने तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.