Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बजेट अधिवेशन बोलाउने तयारी

जनता भ्वाइस by जनता भ्वाइस
April 29, 2020
in समाचार
0
बजेट अधिवेशन बोलाउने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १७,

काठमाण्डौ । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ ।

बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न पुग्नुभयो ।

कोभिड–१९को सङ्क्रमणको जोखिम रहेको र यो अवस्थामा बैठक आह्वान गर्न सम्भव छ या छैन र कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक कक्षको अवलोकन गर्नुभएको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शपछि स्थलगत अवलोकन गर्नुभएको उहाँले बताउनुभयो ।

बजेट अधिवेशन आह्वान गर्ने तयारी सरकारले गरेपछि सचिवालयले पनि कोभिड–१९को रोकथामका लागि अपनाउनुपर्ने व्यवस्थाको तयारीलाई तिब्रता दिएको छ । कोभिड–१९को जोखिमका बीच सामाजिक दुरी कायम गर्दै स्वास्थ्यको दृष्टिले अपनाउने विषयमा ध्यान दिइएको सहप्रवक्ता धमलाले बताउनुभयो ।

त्यसका लागि सदस्यहरुको बसाइ एउटा सिट अल्टरनेट गर्ने, संयुक्त बैठकका लागि थप सिटहरु थप्ने लगायतको काम भइरहेको उहाँले बताउनुभयो । त्यस्तै संसद भवनमा प्रवेश गर्दा डिसइन्फेक्सन गेट राख्ने, ज्वरो नाप्ने व्यवस्था गरिने तथा स्यानिटाइजरको प्रयोग गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

बैठक कक्षभित्र पनि स्वास्थ्यको दृष्टिकोणले सावधानी अपनाइने उहाँले बताउनुभयो ।

१५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ । त्यसअघि नीति तथा कार्यक्रम, प्रि बजेट लगायतका विषयमा समेत संसदमा छलफल हुनुपर्छ । त्यसैले लामो समयको लकडाउनका कारण समय कम भएकाले छिटो भन्दा छिटो अधिवेशन आह्वान गर्ने तयारीमा सरकार छ ।

सम्भवतः जेठको पहिलो साता अधिवेशन सुरु गर्ने तयारी सरकारले गरिरहेको छ । बजेट अधिवेशनको सुरु र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था रहेकोछ ।ujyaaloonline 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आर्थिक वृद्धिदर साढे दुई प्रतिशत पनि नपुग्ने, प्रतिव्यक्ति आय १ लाख २६ हजार रुपैयाँ

Next Post

रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

Next Post
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.