Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

र्‍यापिड किटबाट ४५ हजारको जाँच, पीसीआरबाट ११ हजार मात्रै

जनता भ्वाइस by जनता भ्वाइस
April 29, 2020
in समाचार
0
र्‍यापिड किटबाट ४५ हजारको जाँच, पीसीआरबाट ११ हजार मात्रै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १७,

काठमाडौं : देशभर र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) अर्थात र्‍यापिड किट विधिमार्फत साढे ४५ हजार वटा नमुना परीक्षण गरिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले सातै प्रदेशमा जारी आरडिटी परीक्षणबाट ४५ हजार ६ सय ६५ वटा परीक्षण गरिएको जानकारी दिएका हुन्।

उनले पछिल्लो २४ घण्टामा र्‍यापिड किटबाट १ हजार ६ सय ४६ वटा नमुना परीक्षण गरिदाँ पीसीआर परीक्षण भने जम्मा ७ सय १७ वटा भएको छ। मंगलबार १० हजार ८ सय ७ वटा भनिएको पीसीआर परीक्षण बुधबार ११ हजार ५ सय २४ पुगेको हो।  यससँगै दुवै विधिमार्फत गरिएको परीक्षणको संख्या ५७ हजार १ सय ८९ पुगेको छ।

उनका अनुसार सबैभन्दा वढी सुदुरपश्चिम प्रदेशमा १२ हजार ९ सय ८६ र कम प्रदेश ५ मा ३ हजार ६ सय ७१ वटा परीक्षण गरिएको छ।  त्यस्तै, प्रदेश नम्बर १ मा ४ हजार ८ सय ८१, प्रदेश २ मा ५ हजार २ सय ९८, बाग्मती प्रदेश ८ हजार २ सय १७, गण्डकी प्रदेशमा ५ हजार ३ सय ४३ र कर्णाली प्रदेशमा ५ हजार २ सय ६९ वटा परीक्षण गरिएको छ।  मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेहरुको संख्या वढेर २२ हजार ९ सय १ पुगेको छ।

प्रदेश १ मा २ हजार ४ सय ७८, प्रदेश २ मा १ हजार ४ सय ४, बाग्मती प्रदेशमा ६ सय ११, गण्डकी प्रदेशमा ६ सय ९४, प्रदेश ५ मा १२ हजार ५ सय १५, कर्णाली प्रदेशमा ३ हजार ९ सय ६३ र सुदुरपश्चिम प्रदेशमा १ हजार २ सय ३६ जना क्वारेन्टाइनमा छन्।  आइसोलेसनमा बसेका संक्रमित र संम्भावित संक्रमितको संख्या भने ८७ जनामा झरेको छ। तीमध्ये काठमाडौं उपत्यकामा ४ जना र काठमाडौबाहिर ८३ जना रहेका छन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपा सचिवालयको बैठक सुरु

Next Post

दुधलाई अत्याबश्यक सेवामा राखी औषधि जन्य बस्तुमा रुपान्तरण गरिदिन रामेछाप दुग्ध उत्पाक किसानको माग

Next Post
दुधलाई अत्याबश्यक सेवामा राखी औषधि जन्य बस्तुमा रुपान्तरण गरिदिन रामेछाप दुग्ध उत्पाक किसानको माग

दुधलाई अत्याबश्यक सेवामा राखी औषधि जन्य बस्तुमा रुपान्तरण गरिदिन रामेछाप दुग्ध उत्पाक किसानको माग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.