Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दुधलाई अत्याबश्यक सेवामा राखी औषधि जन्य बस्तुमा रुपान्तरण गरिदिन रामेछाप दुग्ध उत्पाक किसानको माग

जनता भ्वाइस by जनता भ्वाइस
April 30, 2020
in राष्ट्रिय समाचार, समाचार
0
दुधलाई अत्याबश्यक सेवामा राखी औषधि जन्य बस्तुमा रुपान्तरण गरिदिन रामेछाप दुग्ध उत्पाक किसानको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख,१७

रामेछाप । लकडाउनका कारण आफुले उत्पादन गरेको दुध र दुग्ध जन्य पदार्थ नबिकेपछि बजार ब्यवस्थापन गरिदिन भन्दै रामेछापका दुध ब्यवसायिहरु जिल्ला प्रशासन पुगेका छन ।


ब्यवसायिहरुले लामो समय सम्म भइरहेको लकडाउन का कारण आफ्नो गाइ भैसीको दुध नबिकेकोले हुँदा बिक्रिका लागि सहज बातावरण बनाइदिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सँग समक्ष अनुरोध गरेका थिए ।


किसानहरुले उत्पादन गरेको को दुध जिल्ला मा रहेका २ वटा दुध डेरी र बिभिन्न होटलहरुले नियमित रुपमा खरिद गर्दै आएको भएपनि लकडाउनका कारण उनीहरुले लिन छाडेपछि उनीहरु प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका हुन् ।

दैनिक रुपमा उत्पादन भएको दुध बिक्रि गरी त्यहि बाट आएको रकमले दाना खरिद गरेर गाई भैसीलाई खुवाउनु पर्ने किसानहरुको बाध्यता रहेको छ ।

जिल्ला सदरमुकाम आसपासमा उत्पादन हुने गरेको दुध बजारमा नबिकेपछि आफुहरु प्रमुख जिल्ला अधिकरी समक्ष दुधलाई अत्याबश्यक सेवा अन्तर्गत राखि औषधि जन्य बस्तुमा रुपान्तरण गरिदिन आफुहरु जिल्ला प्रशासन कार्यलयमा पुगेको रामेछाप दुग्ध शहकारी संस्थाकी अध्यक्ष डुकुना घिमिरिले बताउनुभयो ।

दुध खरिद, बिक्रि र बजार ब्यबस्थापनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा रहेका दुबै दुग्घ चिस्यान केन्द्रका संञ्चालकहरु समेतको सहभागितामा यस समस्याको समाधानका लागि उपयाय खोज्नु भएको थियो ।

दुध उत्पादक किसानहरुले दुध डेरीहरुलाई दिनभर नै बिक्रि बितरण गर्न दिनुपर्ने माग राखेपनि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लक डाउनमा दुध डेरीलाई मात्र त्यसरी खुल्ला राख्दा दुध र दुध जन्य पदार्थ खरिद गर्ने नाममा अनावश्यक भिडभाड हुने संम्भावना रहेकोले बिहान र बेलुकाको निश्चित समयका लागि दुध डेरी खोल्न सक्ने गरी आन्तरीक रुपमा सहयोग गर्ने बताउनुभयो ।

लकडाउनका कारण बिहान देखिनै आफ्ना डेरीहरु खोल्न नपाइने र पसल खोल्न नपाएपछि उपभोक्ताहरुपनि दुध र दुध जन्य पदार्थ खरिद गर्न नआउने भएकाले आफुहरुले पनि किसानहरुको दुध लिन नसकेको डेरी सञ्चालकहरु बताउछन ।

बिद्यमान अबस्थामा आफुले किसानको दुध दिन बिराएर लिने गरेको र त्यस बाट बनेका परिकारहरु बिक्रि बितरण नभई लाखौको समान स्टक रहेकोले दुध डेरीहरु दिनभर खोल्न पाउने हो भने किसानको दुध सबै लिन सकिने चिरन्जीबी डेरी उद्योगका सञ्चालक भानुभक्त श्रेष्ठले बताउनुभयो ।


रामेछाप डेरीका सञ्चालक किशोर पौडेलले आफ्नो बजार जिल्लामा भन्दा पनि जिल्ला वाहिर बढि रहेकाले जब सम्म जिल्ला वाहिर दुध पठाउने बातावरण बन्दैन तव सम्म पर्याप्त मात्रामा किसानहरुको दुध लिन नसकिने बताउनु भयो ।


दुध उत्पादक कृषक, खरिद गर्ने डेरी सञ्चालक र प्रमुख जिल्ला अधिकारी बिच त्रिपक्षिय छलफल हुँदा साझको समयमा पनि दुध डेरीहरु खोल्न दिने र डेरीहरुले सकेसम्म धेरै दुध किसानहरुको लिनुपर्ने सहमति भएको भएपनि आफुहरु त्यस किसिमको मौखिक सहमति प्रति सन्तुष्ट नभएको दुध किसान यज्ञ प्रासद ढुंगेलले बताउनु भयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

र्‍यापिड किटबाट ४५ हजारको जाँच, पीसीआरबाट ११ हजार मात्रै

Next Post

गुम्देलमा एक जनासहित रामेछापमा १ सय ७९ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

Next Post
दुधलाई अत्याबश्यक सेवामा राखी औषधि जन्य बस्तुमा रुपान्तरण गरिदिन रामेछाप दुग्ध उत्पाक किसानको माग

गुम्देलमा एक जनासहित रामेछापमा १ सय ७९ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.