Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

जनता भ्वाइस by जनता भ्वाइस
May 1, 2020
in समाचार
0
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,१९

काठमाडौं । संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको नयाँ तथ्य सार्वजनिक गरेको छ । महामारीका कारण अधिकांश मुलुक पूर्ण एवं आंशिक लकडाउनमा भएकाले विश्वभर दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका छन् ।

महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । आइएलओका अनुसार विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पुर्‍याएको छ । अनौपचारिक क्षेत्रका कामदारसँग वैकल्पिक आय गर्ने अन्य माध्यम नहुने भएकाले ती कामदार र तिनमा आश्रित परिवारको बाँच्ने आधार नै गुमेको हो ।

रोजगारीमा परेको कोरोनाको प्रभाव निकै दूरगामी, व्यापक र अपूर्व रहेको आइएलओको ठहर छ । विश्वमा अहिले पारिश्रमिक न्यून हुने र रोजगारीको कुनै सुरक्षा नभएका होलसेल र रिटेल व्यापारको क्षेत्रमा ४८ करोड २० लाख मानिस काम गर्छन् । त्यसैगरी, म्यानुफ्याक्चरिङमा ४६ करोड ३० लाख कामदार छन् भने यातायात, स्टोरेज र सञ्चार उद्योगमा काम गर्नेको संख्या २० करोड ४० लाख छ ।

अनौपचारिक क्षेत्रका दुई अर्ब कामदारमध्ये अधिकांश उदीयमान एवं विकासशील मुलुकका हुन् । भारत, नाइजेरिया र ब्राजिलजस्ता विकासशील मुलुकको रोजगारी, आय एवं जनजीविकामा अनौपचारिक क्षेत्रको भूमिका महत्वपूर्ण छ । भारतको श्रमबजारमा अनौपचारिक क्षेत्रको हिस्सेदारी ९० प्रतिशतभन्दा धेरै छ । आइएलओले अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई यो संकटले गरिबीमा धकेल्न सक्ने खतरा औँल्याएको छ ।

आइएलओले साना उद्यम एवं अनौपचारिक क्षेत्रका कामदारलाई तत्कालै सहयोग गर्नु आवश्यक रहेको जनाउँदै सहयोगका लागि सम्बन्धित मुलुकलाई आह्वान पनि गरेको छ । उसले सबल रोजगार नीति एवं प्रभावकारी सामाजिक सुरक्षा प्रणाली ल्याउन पनि सुझाब दिएको छ । ‘करोडौँ मानिसका लागि काम नहुनुको अर्थ खानेकुरा, सुरक्षा एवं भविष्य केही पनि नहुनु हो । उनीहरूसँग कुनै बचत हुँदैन र कर्जामा पनि पहुँच हुँदैन । विश्वको वास्तविक मुहार यही हो । उनीहरूलाई हामीले अहिले सहयोग नगर्ने हो भने उनीहरू मर्नेछन्,’ आइएलओले भनेको छ ।

महामारीको प्रभावबाट रोजगारदाता पनि उत्तिकै थिलथिलो बनेका छन् । विश्वका कुल रोजगारदातामध्ये ५४ प्रतिशत अर्थात् ४ करोड ७० लाख रोजगारदाता महामारीले कडा मार पारेको क्षेत्रका छन् । आइएलओका अनुसार ४३ करोड ६० लाख उद्यम महामारीका कारण जोखिममा पुगेका छन् । क्षेत्रगत रूपमा सबैभन्दा बढी प्रभाव होलसेल तथा रिटेलमा परेको छ । यो क्षेत्रका २३ करोड २० लाख व्यवसाय आम्दानीविहीन बनेका छन् ।

त्यस्तै, म्यानुफ्याक्चरिङका ११ करोड १० लाख, होटेल एवं रेस्टुराँ पाँच करोड ५० लाख, रियल स्टेट र अन्य क्षेत्रका चार करोड २० लाख उद्यम आम्दानीविहीन बनेको आइएलओको प्रतिवेदनमा उल्लेख छ । यी क्षेत्रमा एक अर्ब २५ करोड कामदार काम गर्छन्, जुन विश्वको कुल कार्यबलको ३८ प्रतिशत हो ।

उद्योगका हिसाबले खुद्रा व्यापारको क्षेत्रका ७० प्रतिशत, होटेल तथा रेस्टुराँ (एकोमोडेसन तथा फुड सर्भिस) क्षेत्रका ६० प्रतिशत कामदारको अवस्था जोखिमपूर्ण बनेको छ । न्यून–मध्यम आयमूलक मुलुक र न्यून आय भएका मुलुकको अनौपचारिक क्षेत्रका कामदारको आय ८२ प्रतिशतले घटेको छ भने उच्च–मध्यम वर्गका मुलुकमा अनौपचारिक क्षेत्रका कामदारको आय २८ र आम्दानी उच्च भएका मुलुकका यस्ता कामदारको आय ७६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । रोजगारी तथा कार्यघन्टामा परेको प्रतिकूल प्रभावका कारण आय घटेको हो ।

भौगोलिक हिसाबले हेर्ने हो भने अफ्रिका र ल्याटिन अमेरिकाको कामदारको आय सबैभन्दा बढी ८१ प्रतिशतले घटेको छ । त्यसैगरी, युरोप र मध्यएसियामा ७० प्रतिशत घटेको छ । सबैभन्दा कम एसिया प्रशान्त क्षेत्रमा अनौपचारिक क्षेत्रका कामदारको २० प्रतिशत आम्दानी घटेको छ ।

त्यस्तै, कोरोनाको संकटयता विश्वव्यापी कार्यघन्टा पनि घट्दै गएको छ । यो वर्ष सन् २०२० को दोस्रो त्रैमासमा विश्वव्यापी कार्यघन्टा १० दशमलब ५ प्रतिशतले घट्ने आइएलओले जनाएको छ । जुन ३० करोड ५० लाख पूर्ण रोजगारीबराबर हो । आइएलओको यसअघिको प्रक्षेपणमा दोस्रो त्रैमासमा ६ दशमलब ७ प्रतिशत कार्यघन्टा घट्ने र १९ करोड ५० लाखबराबर रोजगारी गुम्ने उल्लेख थियो । महामारीको संकट विश्वव्यापी बनेको पहिलो महिनामा अनौपचारिक क्षेत्रका कामदारको आम्दानी ६० प्रतिशतले घटेको थियो । भौगोलिक हिसाबले अमेरिकामा सबैभन्दा बढी १२ दशमलब ४ प्रतिशत, युरोप र मध्यएसियामा ११ दशमलब ८ प्रतिशत र अन्य स्थानमा ९ दशमलब ५ प्रतिशतले कार्यघन्टामा कमी आएको छ ।

विश्वको ६८ प्रतिशत कार्यबल, ८१ प्रतिशत रोजगारदाता र ६६ प्रतिशत स्वरोजगार लकडाउन र कार्यस्थल बन्दबाट प्रभावित मुलुकमा छन् । स्वास्थ्यलगायतका अत्यावश्यक सेवाका सामाजिक क्षेत्रमा १३ करोड ६० लाख मानिस कार्यरत छन् । जसमध्ये नर्स, स्वास्थ्यकर्मी, सरसफाइलगायतका काममा ७० प्रतिशत कामदार महिला छन् ।

समस्यामा विदेशमा रहेका श्रमिक

लकडाउनको अवस्थालाई मध्यनजर गरी सरकारले सबै क्षेत्रका लागि राहत प्याकेजको घोषणा गरेको छ । तर, वैदेशिक रोजगारीमा गएका कामदारका लागि भने केही पहल भएको छैन । विदेशमा कम्पनी बन्द हुँदा कतिपय नेपाली श्रमिकको सडकमा वास भएको छ । केहीलाई रोजगारदाताले बेतलबी बिदा दिएका छन् भने कतिपयलाई टिकटसहित स्वदेश फर्कन बिदा दिइसकेका छन् ।

त्यस्तै, सम्झौता सकिएका र कागजपत्र नभएका श्रमिक पनि अलपत्रमा परेका छन् । (एनआरएनए)का अनुसार करिब चार लाख श्रमिक लकडाउन सकिनासाथ फर्कनैपर्ने अवस्थामा छन् । त्यस्तै, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पाँच लाख कामदार स्वदेश फर्कन तयार रहेको जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप प्रशासनलाई सरकारी तथा गैरसरकारी संस्थाबाट थर्मल गन सहितका सामाग्री हस्तान्तरण

Next Post

२५ गतेभित्रै १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि भर्ना प्रकिया अगाडि बढाउने,

Next Post
२५ गतेभित्रै १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि भर्ना प्रकिया अगाडि बढाउने,

२५ गतेभित्रै १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि भर्ना प्रकिया अगाडि बढाउने,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.