Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आइसोलेसनमा उपचाररत महिलाको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
May 1, 2020
in समाचार
0
आइसोलेसनमा उपचाररत महिलाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १९, रासस,

अछाम । जिल्ला अस्पताल अछामको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका– ५ की ५१ वर्षीया देवु सार्कीको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आएपछि गत सोमबार अस्पताल पुगेकी उनलाई चिकित्सकहरूले कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखेर उपचार थालेका थिए ।  उनको बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको उपचारमा संलग्न डा. शरदचन्द्र बरालले बताउनुभयो ।

सार्कीको मृत्युपछि स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको छ । अस्पताल भर्ना भएको दिन सार्कीलाई ९९ दशमलव ८ डिग्री फरेनहाइट ज्वरो आएको र टाउको दुख्ने तथा खोकी लाग्ने गरेको थियो । त्योबाहेक उनले आफूलाई धेरै पहिलेदेखि नै हातखुट्टा दुख्ने समस्यासमेत रहेको बताएकी थिइन् ।

अस्पताल भर्नापछि कोरोना संक्रमण परीक्षणका क्रममा उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट भने नेगेटिभ देखिएको थियो । सार्कीको मृत्युपछि उनको उपचारमा संलग्न सबै १३ जना चिकित्सक होम क्वारेन्टाइनमा बसेका छन् । मृतकको स्वाबको पिसिआर रिपोर्ट नआएसम्म उनीहरूलाई घरबाहिर ननिस्कन भनेको डा. बरालले बतानुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

२५ गतेभित्रै १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि भर्ना प्रकिया अगाडि बढाउने,

Next Post

सगरमाथामा फाइभ-जी सेवा सुरु

Next Post
सगरमाथामा फाइभ-जी सेवा सुरु

सगरमाथामा फाइभ-जी सेवा सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.