Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

जनता भ्वाइस by जनता भ्वाइस
May 1, 2020
in समाचार
0
काेराेना: ५ लाख ४७ हजारभन्दा धेरै निकाे भए

A stretcher is moved from an AMR ambulance to the Life Care Center of Kirkland where one associate and one resident were diagnosed with the novel coronavirus (COVID-19) according to a statement released by the facility in Kirkland, Washington on February 29, 2020. - The first fatality from the novel coronavirus has been confirmed on US soil, as President Donald Trump on Saturday urged Americans not to panic. (Photo by Jason Redmond / AFP) (Photo by JASON REDMOND/AFP via Getty Images)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १९,एजेन्सि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार नजिक पुगेको छ। पछिल्लो तथ्या‌ंकअनुसार विश्वमा २ लाख ३३ हजार ९ सय ६६ जनाकाे ज्यान गएको छ।

त्यस्तै संक्रमितको संख्या ३३ लाख पार गरेको छ। वर्ल्डोमिटर्सले आज सार्वजनिक गरेको तथ्यांक अनुसार ३३ लाख पाँच हजार संक्रमित पुगेका छन्। त्यस्तै बिहीबार सम्ममा संसारभरबाट १० लाख ३९ हजार मानिस निको भएका छन्।

संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा ५ हजार ८ सय जनाको मृत्यु भएको छ। सोही अवधिमा विश्वमा ८५ हजार ९ सय ५७ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। अमेरिकामा कोरोना कारण २ हजार २ सय १ जनाले ज्यान गुमाएका छन्। ३० हजार ८ सय २५ जना नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेको छन्। अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८ सय ५६ रहेको छ।

त्यस्तै त्यहाँ संक्रमितको संख्या १० लाख ९५ हजार छ। स्पेनमा बिहीबार २ हजार ७ सय ४० जना नयाँ बिरामी थपिए भने २ सय ६८ जनाको मृत्यु भएको थियो। स्पेनमा हाल सम्म २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख २९ हजार संक्रमित रहेका छन्। त्यस्तै इटालीमा १ हजार ८ सय ७२ जना नयाँ बिरामी थपिएको दिन २ सय ८५ जनाको मृत्यु भएको छ। इटलाीमा २७ हजार २ सय ६७ को ज्यान गएको छ।

त्यहाँ २ लाख पाँच हजार बिरामी छन्। बेलायतमा ६ हजार ३२ जना कोरोनाका नयाँ संक्रमित देखिएका थिए। सोही दिन बेलायतमा कोरोनाका कारण ६ सय ७४ जनाले ज्यान गुमाएका थिए। फ्रान्समा बिहीबार ७ सय ५८ जना नयाँ बिरामी देखिएका थिए भने २ सय ८९ जनाको मृत्यु भएको थियो। जर्मनीमा १ हजार ४ सय ७० जना नयाँ संक्रमित थपिएको दिन बिहीबार त्यहाँ १ सय ५६ जनाको मृत्यु भएको थियो।

टर्कीमा बिहीबार २ हजार ६ सय १५ जना नयाँ बिरामी थपिए। सोही दिन टर्कीमा ९३ जना मृत्युको कारण कोरोना भाइरस बनेको थियो। रुसमा पछिल्लो चौबिस घण्टामा ७ हजार ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए भने १ सय १ जनाको मृत्यु भएको थियो। इरानमा बिहीाबर ९ सय ८३ जना कोरोनाका नयाँ बिरामीउ पचारको लागि अस्पताल पुगेका थिए। सोही दिन इरानमा कोरोनाका कारण ७१ जनाले ज्यान गुमाएका थिए।

  • यो पनि पढनुस्
  • विश्वभर कोरोना : ३१ लाख ८९ हजार संक्रमित, २ लाख २७ हजारको मृत्यु ,
  • चितवनकी ६३ वर्षीया महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ ,
  • ९ लाखभन्दा धेरै काेराेना सङ्क्रमित निकाे भए ,
  • नेपालमा संक्रमितको संख्या ५२ पुग्यो ,१६ जना निको भएर घर फर्किए,
  • एकै दिन दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो ,
  • विश्वभर काेरोनाले ज्यान गुमाउनेकाे स‌ख्या २ लाख नजिक, ७ लाख ९८ हजार ३ सय ३१ जना निको भए,
  • बाग्लुङकी १९ वर्षीया युवती कोरोनामुक्त, निको हुनेको संख्या ११ पुग्यो ,
  • कोभिड-१९ पुष्टी भएकाहरूको संख्या ४९ पुग्यो ,
  • बाग्लुङकी १९ वर्षीया युवती कोरोनामुक्त, निको हुनेको संख्या ११ पुग्यो

ब्राजिलमा बिहीबार ६ हजार १९ जना कोरोनाका नयाँ बिरामी थपिए भने ३ सय ९० जनाको मृत्यु भएको थियो। क्यानाडामा पछिल्लो चौबिस घण्टामा १ हजार ६ सय ३९ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए।

सोही अवधिमा क्यानाडामा १ सय ८८ जनाको मृत्यु कोरोनाबाट भएको थियो। पेरुमा बिहीबार ३ हजार ४५ जनामा कोरोना भाइरस संक्रमण देखियो भने १ सय ८ जनाले ज्यान गुमाए। भारतमा पछिल्लो चौबिस घण्टामा १ हजार ८ सय १ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

सोही अवधिमा भारतमा ७५ जनाको मृत्यु भएको छ। बेल्जियममा बिहीबार ६ सय ६० जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ९३ जनको मृत्यु भएको थियो। यस्तै, नेदरल्याण्ड्समा थप ५ सय १४ नयाँ संक्रमित देखिएको दिन बिहीबार ८४ जनाले ज्यान गुमाएका थिए।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सगरमाथामा फाइभ-जी सेवा सुरु

Next Post

लकडाउनले रामेछापसहित सिन्धुली र दोलखामा मल अभाव

Next Post
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

लकडाउनले रामेछापसहित सिन्धुली र दोलखामा मल अभाव

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...