Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना प्राकृतिक रुपमै उत्पति भएको -डब्लुएचओ

जनता भ्वाइस by जनता भ्वाइस
May 2, 2020
in समाचार
0
कोरोना प्राकृतिक रुपमै उत्पति भएको -डब्लुएचओ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख, २०


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ ।

डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेका हुन ।

गत महिना डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने जनाएको थियो ।

पछिल्ला दिनहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफू उत्पति गरेको कोरोना भाइरसका कारण आफ्नो देशलाई नोक्सान पुर्‍याउन खोजेको प्रतिक्रिया दिएका थिए ।

राष्ट्रपति ट्रम्पले गत वर्ष डिसेम्बरमा वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना चीनका अन्य शहरमा नफैलिएकाले पर्याप्त आशंका गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका थिए ।

ट्रम्पको उक्त अभिव्यक्तिप्रति चीनले कडा आपत्ति जनाएको थियो ।

शक्ति राष्ट्रहरुबीच कोरोना भाइरसको विषयलाई लिएर विवाद भएपछि डब्लुएचओले भाइरसको उत्पतिका बारेमा अनुसन्धान गरिरहेको बताएको थियो ।

यसैबीच विश्वभर करिब ३४ लाख मानिस कोरोनाको संक्रमित भएका छन् ।

२ लाख ३९ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने एक लाख असी हजार मानिस उपचारपछि घर फर्किएका छन् ।

हालसम्म अमेरिकामा सबैभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा मात्र कोरोनाका कारण ६५ हजार सात सय भन्दा बढीको मृत्यु भएको छ भने ११ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । (एजेन्सी)

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ओखलढुंगामा भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि

Next Post

राखेपको झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने

Next Post
राखेपको झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने

राखेपको झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.