Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना संक्रमित सङ्ख्या ७५ पुग्यो ,आज मात्रै नयाँ १६ संक्रमित फेला

जनता भ्वाइस by जनता भ्वाइस
May 3, 2020
in समाचार
0
ओखलढुंगामा भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख , २१,

काठमाण्डाै । नेपालमा आइतबार थप १६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आज भएको परीक्षणमा नेपालगञ्जका १५ जना र पर्साका एक जना गरी १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार दिउँसो नेपालगञ्जका ९ र पर्साका एक जनामा कोरोना पुष्टि भएकोमा अहिले नेपालगञ्जका थप ६ जनामा पनि कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८ का १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिलामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेकाे छ ।

सचना

आज दिउँसो कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उनी बालक वा बालिका भन्नेबारेमा भने केही पनि खुलेको छैन । उनी नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएका सबैभन्दा सानो उमेरका व्यक्ति हुन् ।

आज संक्रमण पुष्टि भएका ९ जनालाई नै नेपालगञ्जकाे कोरोना अस्पतालमा ल्याउन स्वास्थ्यकर्मीको टोली प्रभावित ठाउँमा पुगेको छ । डाक्टर देवकोटाका अनुसार अहिले विराटनगरमा ३१ जना, वीरगञ्जका आज भेटिएका एक जना नयाँ बिरामीसहित ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक/एक जना गरी ४४ जनाको उपचार भइरहेको छ ।

१६ जना भने उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार आजसम्म १३ हजार चार सय १४ जनाको पीसीआर र ४९ हजार ६ सय ८८ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २१ हजार ९ सय ५१ जना रहेकाे पनि उहाँले जानकारी दिनुभयो ।

याे पनि पढनुहाेस्

  • एकैदिन १० जनामा कोराना संक्रमण पुष्टि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सरकारले परीक्षा रोक्ने निर्णय गर्दा अपरिपक्वता देखाएकै हो

Next Post

६ महिनासम्म होटल बन्द गर्ने घोषणा, कामदारलाई साढे १२ प्रतिशत

Next Post
६ महिनासम्म होटल बन्द गर्ने घोषणा, कामदारलाई साढे १२ प्रतिशत

६ महिनासम्म होटल बन्द गर्ने घोषणा, कामदारलाई साढे १२ प्रतिशत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...