Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बेलायतका प्रधानमन्त्रीको खुलासा– ‘डाक्टरहरुले मलाई मृत घोषणा गर्ने तयारी गरिसकेका थिए’

जनता भ्वाइस by जनता भ्वाइस
May 4, 2020
in समाचार
0
बेलायतका प्रधानमन्त्रीको खुलासा– ‘डाक्टरहरुले मलाई मृत घोषणा गर्ने तयारी गरिसकेका थिए’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २२,

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले एकपटक आफुलाई डाक्टरहरुले मृत घोषित गर्ने तयारी गरेको खुलासा गरेका छन् । ३ हप्ताअघि कोरोनाको उपचार गरेर स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री जोनसले सो कुराको खुलासा गरेका हुन् । ५५ वर्षीय जोनसनमा २६ मार्चमा कोरोना संक्रमणको लक्षण देखा परेको थियो । त्यसलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेर पनि अवस्था सुधार नभएपछि उनी लन्डनको सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए । उनी १२ अप्रिलमा अस्पतालबाट डिस्चार्ज हुनुअघि ९ अप्रिलसम्म आइसियुमा रहेका थिए ।

अखबार ‘द सन’ सँगको कुराकानीमा प्रधानमन्त्री जोनसनले अस्पतालको बसाईको अनुभवबारे बताएका छन् । उनले भनेका छन्, ‘अप्रिल ७ मा सेन्ट थोमस अस्पतालको आइसियुमा पुगेपछि मलाई धेरै अक्सिजन दिइयो । त्यति गर्दा पनि मेरो स्वास्थ्यमा खासै प्रगति देखिएन । म त्यो एकदमै कठिन समयलाई अस्वीकार गर्न सक्दिन । मेरो हालत ठिक थिएन । डाक्टरहरु केह गलत (मृत्यु) भइहाल्यो भने के गर्ने भनेर विकल्पहरुबारे सोचिरहेका थिए ।’

उनले भने, ‘मेरो अवस्था केही दिनमै यति बिग्रियो भनेर म आफैंलाई विश्वास गर्न गाह्रो भयो । मलाई त्यतिबेलाको याद छ कि म निकै निराश भएको थिए । मेरो अवस्था किन सुध्रिरहेको थिएन भनेर मैल बुझ्न सकिन । सबैभन्दा खराब स्थिति त्यतिबेला आयो, जतिबेला ५०–५० को अवस्था देखियो । डाक्टरहरुले मेरो विन्डपाइप मुनि एक ट्युब राखेका थिए । मैले त्यसबेला सोचेकी यस रोगका लागि कुनै औषधी छैन र कुनै उपचार पनि छैन । म कसरी यो रोगबाट ठिक हुँला भन्ने सोच आइरह्यो ।’ उनले निको भएर आइसकेपछि आफुलाई भाग्यमानी ठाठेका छन् । उनले भने, ‘म धेरै भाग्यमानी हुँ, किनभने मलाई अहिले ठिक भएको छ तर म जस्तै रोग लागेका अझै धेरै पीडितहरु उपचारमै छन् ।’

प्रधानमन्त्री जोनसनको यो साक्षात्कार उनकी श्रीमती मंगेतर क्यारी साइमन्डले इन्स्टाग्रममा आफ्नो भर्खरै जन्मिएको छोराको तस्बिर पोष्ट गरेसँगै बाहिर आएको हो । उनले छोराको नाम विल्फ्रेड ल्यायुर निकोलस जोनसन राखेका छन् । निकोलस प्रधानमन्त्री जोनसनको उपचारमा संलग्न डाक्टर हुन्, जसको नामबाटै उनले आफ्नो बालकको नाम राखेका थिए । पत्नी मंगेतरले बालक छोराको तस्बिरसँगै प्रधानमन्त्री जोनसनको जीवन बचाउने डाक्टरको प्रशंसा गरेकी छिन् । बेलायतमा अहिले कोरोना संक्रमणबाट २८ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

–जागरण डटकमबाट/एजेन्सी

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लकडाउन वैशाख २५ गतेबाट पुन थप हुने,कहिले सम्म हुने हेर्नुस्

Next Post

विश्वभर ११ लाख ५३ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको, ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि,

Next Post
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

विश्वभर ११ लाख ५३ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको, ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.