बैशाख २३,
रामेछाप । रामेछाप जिल्लामा हालसम्म २ सय जनाको र्यापिड टेष्ट गरिएको छ । रिपोर्ट नेगेटिभ देखिएको आएको छ ।
जिल्लाको विभिन्न पालिका तथा नगरपालिकामा गरिएको र्याछपिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड-१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म मन्थली नगरपालिकामा ३३ जना, रामेछाप नगरपालिकामा २६ जना, लिखुतामाकोशी गाउँपालिकामा ६ जना, सुनापति गाउँपालिकामा २१ जना, दोरम्बा गाउँपालिकामा १५ जना, उमाकुण्ड गाउँपालिकामा १६ जना, गोकुलगंगा गाउँपालिकामा ४१ जना, खाँडादेवी गाउँपालिकामा ४० जना र जिल्ला अस्पतालमा २ जनाको र्या पिड परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । फाइल फोटो