Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सांसदहरुको कोरोना परीक्षण सम्पन्न, आजै रिपोर्ट आउने

जनता भ्वाइस by जनता भ्वाइस
May 7, 2020
in समाचार
0
सोलुखुम्बुमा उदयपुरबाट आएकी एक महिलाको आरडीटी परिक्षण पोजेटिभ,आवगमन बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २५,

काठमाण्डौ । भोलिदेखि सङ्घीय संसद् बैठक सुरु हुने भएकाले आजदेखि सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको संसद् सचिवालयले जनाएको छ ।
परीक्षणका लागि आज सांसदहरुको घाँटीको र्यालको नमुना सङ्कलन गरिएको र सबै जनाको परीक्षणको रिपोर्ट आज साँझसम्ममा आउने सचिवालयले जनाएको छ ।

सांसदहरुमा कोरोना भाइरस सङ्क्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुने छ ।
त्यसका लागि आज बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधि सभा सांसदहरुको स्वाब सङ्कलन सम्पन्न भएको छ । स्वाब सङ्कलन सङ्घीय संसद् भवन परिसर बानेश्रमा गरिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै सांसदहरुको महत्वपूर्ण काम भएको र हाउस सञ्चालन गर्नुपर्ने अवस्थामा सबै जिल्लाबाट आएका सांसदहरु हुने भएकाले स्वाब परीक्षण आवश्यक रहेको बताउनुभयो ।
उहाँले सुरुमा प्रभावित क्षेत्रका सांसदहरुको मात्रै परीक्षण गर्ने भनिए पनि प्राविधिकहरुको सुझावका आधारमा सबै सांसदहरुको परीक्षण गर्न लागिएको बताउनुभयो ।

उहाँले नमुना परीक्षण नगरि संस् सञ्चालन गर्दा कारणवश सङ्क्रमण फेला परेमा हाउस बन्द हुने र महत्वपूर्ण कार्य नै बन्द हुने अवस्था आउने भएकाले परीक्षण गरिएको जानकारी दिनुभयो ।
कार्यव्यवस्था परामर्श समितिले पनि संसद् भवन छिर्नेहरु सबैको कोरोना भइरस परीक्षणसहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो । संसद् बैठक स्थलमा पनि सांसदहरु बीचको दुरी कायम गरिने गरी व्यवस्था मिलाइएको छ भने संसद् प्रवेश गर्नेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बर्खे अघिवेशन भोलिदेखि सुरु हुँदैछ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत, छलफल र पारित हुनेछ ।

नेपालमा अहिलेसम्म ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २२ जना निको भएका छन् । फोटो-ujyaaloonline

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सोलुखुम्बुमा उदयपुरबाट आएकी एक महिलाको आरडीटी परिक्षण पोजेटिभ,आवगमन बन्द

Next Post

लकडाउनमा यसरी गरौँ मोटरसाइकलको संरक्षण

Next Post
लकडाउनमा यसरी गरौँ मोटरसाइकलको संरक्षण

लकडाउनमा यसरी गरौँ मोटरसाइकलको संरक्षण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.