Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वमा ३९ लाख कोरोना संक्रमित,२ लाख २७ हजार बढीको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
May 8, 2020
in समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २६,

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या २ लाख २७ हजार नाघेको छ। विगत २४ घण्टामा विश्वमा साढे पाँच हजार भन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै एकै दिन ९६ हजार २ सय ६१ नयाँ विरामी थपिएका छन्।

त्यस्तै विश्वमा १३ लाख ४१ हजार २२ जना निको भएका छन् भने ३९ लाख १३ हजार ६ सय ४३ जनामा संक्रमण भेटिएको छ। अमेरिकामा २४ घण्टामा २ हजार १ सय २९ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ।

त्यस्तै त्यहाँ थप २९ हजार पाँच सय ३१ जना नयाँ संक्रमित रहेका छन्। अमेरिकामा संक्रमितको संख्या १२ लाख ९२ हजार ६ सय २३ छ। हालसम्म अमेरिकामा ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ भने २ लाख १७ हजार निको भएका छन्।

त्यहाँ १६ हजार ९ सय ९५ जनाको अवस्था अझै गम्भीर रहेको छ। युरोपेली देश बेलायतमा ३० हजार ६ सय १५ जनाको ज्यान गइसकेको छ भने त्यहाँ २ लाख ६ हजार ७ सय १५ कोरोना संक्रमित भेटिएका छन्।

इटालीमा २९ हजार ९ सय ५८ को ज्यान गएको छ भने त्यहाँ २ लाख १५ हजार ८ सय ५८ जनामा संक्रमण छ। स्पेनमा २ लाख ५६ हजार संक्रममित हुँदा २६ हजार ७० को मृत्यु भइसकेको छ। त्यस्तै फ्रान्समा २५ हजारको ज्यान गएको छ भने ब्राजिलमा ९ हजार भन्दा बढीले ज्यान गुमाएका छन्।

त्यस्तै बेल्जियममा ८ हजार चार सय १५ को मृत्यु भएको। जर्मनीमा ७ हजार ३ सय ९२ को ज्यान गएको छ। छिमेकी देश भारतमा संक्रमितको संख्या ५६ हजार पुगेको छ भने त्यहाँ १ हजार ८ सय ८९ जनाको ज्यान गएको छ। तीव्र रुपमा फैलिरहेको यो भाइरसका कारण रुसमा एकै दिन ११ हजार भन्दा बढी संक्रमित भेटिएका छन्।

त्यहाँ हालसम्म १ हजार ६ सय २५जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार १ सय ६० जनामा संक्रमण देखिएको छ। यसैबीच पाकिस्तानमा २४ हजार ६ सय ४४ जनामा संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ५ सय ८५ जनाको ज्यान गएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने महामारीबीच भालिदेखि लकडाउन खोल्ने घोषणा गरेका छन्। लकडाउनका कारण झन गरिबी बढ्ने भन्दै उनले लकडाउन खोल्ने घोषण गरेका हुन्।
फाइल फोटो/ ऐजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खुकुलो पारिएको लकडाउनमा के गर्न मिल्छ, के मिल्दैन (पूर्णपाठसहित)

Next Post

सामुदायिक विद्यालय पुनः निर्माणको काम अझै ३१ प्रतिशत बाँकी

Next Post
सामुदायिक विद्यालय पुनः निर्माणको काम अझै ३१ प्रतिशत बाँकी

सामुदायिक विद्यालय पुनः निर्माणको काम अझै ३१ प्रतिशत बाँकी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.