बैशाख २६,
रामेछाप । नेपालमा आएको २०७२ सालको विनाशकारी भूकम्पले रामेछापका अधिकांश विद्यालयहरू जिर्ण बनाएको थियो । जिर्ण भएका विद्यालयहरू ४ वर्षमा ६९ प्रतिशत सम्पन्न भएका छन् भने ३१ प्रतिशत भवनहरू निर्माणको प्रक्रियामा रहेका छन् ।
हाल सम्म २ सय ५० वटा विद्यालयहरूको भवन निर्माण सम्पन्न भएका छन् भने १ सय १४ वटा सामुदायिक विद्यालयहरू पुननिर्माणको प्रक्रियामा रहेका छन् । १ सय १४ वटा सामुदायिक विद्यालयहरू मध्ये २५ वटाको निर्माणकार्य हालसम्म सुरु हुनै सकेको छैन । ती २५ वटा विद्यालयहरूमा विद्यार्थी संख्या कम भएकोले स्थानीय तहले समायोजनको तयारी गरेका कारण पुननिर्माणकोे काम अघि नबढेकोे जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापले जानकारी दिएको छ । हाल सम्म रामेछाप जिल्लामा पुनः निर्माण कार्यक्रममा समावेश भएका ३ सय ६४ वटा विद्यालयहरू मध्य २ सय ५० वटा सामुदायिक विद्यालयहरूको निर्माण प्रक्रियाको काम सम्पन्न भएको छ ।
२०७२ साल वैशाख १२, १३ र २९ गतेको भूकम्पबाट रामेछाप जिल्लामा ४३ जनाले अकालमै मृत्युवरण गर्नुपरेको थियो । ५० हजारको हाराहारीमा निजी आवासहरू पूर्णरुपमा क्षति भएको थियो । पुनः निर्माण प्राधिकरणको तथ्याङ्कानुसार रामेछापमा भूकम्पको समयमा कूल विद्यालय संख्या ४ सय १९ रहेको थियो हाल समायोजन भई ३ सय ८९ को संख्यामा कायम रहेको छ । पछिल्लो पटक ३० वटा विद्यालयहरू समायोजन भएपछि हाल उक्त संख्यामा विद्यालयहरू रहेका हुन् । ३ सय ८९ सामुदायिक विद्यालयहरू मध्ये ३ सय ६४ वटा विद्यालयहरू पुनः निर्माण कार्यक्रममा समावेश भएका थिए । जिल्लामा रहेका सम्पूण सामुदायिक विद्यालयहरूमा शैक्षिक सत्र २०७६ कोे तथ्याङ्कानुसार ३८ हजार ६ सय ५५ जना विद्यार्थीहरू रहेका छन् ।
जिल्लाका ८ वटा स्थानीय तहहरू मध्ये दोरम्बामा ४३, सुनापतिमा ३४, खाँडादेवीमा ५९, लिखु तामाकोशीमा ४८, गोकुलगंगामा ३७, उमाकुण्डमा ४५, मन्थली र रामेछाप नगरपालिकामा क्रमसः ६७ वटा र ५६ वटा सामुदायिक विद्यालयहरू रहेका छन् ।
भूकम्पीय आपतकालिन सहायता परियोजना (Earthquake Emergency Assistance Project,EEAP) :बाट २१ वटा माध्यमिक विद्यालयहरूमा पुननिर्माणको कार्य सम्पन्न भएका छन् । भ्भ्ब्ए परियोजना अन्तर्गत दोरम्बामा ५, मन्थली र रामेछाप नगरपालिकामा क्रमसः ४÷४, खाँडादेवी ४, लिखु तामाकोशीमा २, उमाकुण्डमा १ र गोकुलगङ्गामा १ वटा गरी कूल २१ वटा विद्यालयहरू पुनः निर्माणको काम सम्पन्न भएको छ ।
यस्तै प्रकोप समानूकुल विद्यालय आयोजना (Disaster Resilience of School Project, DRSP) अन्तर्गत पहिलो चरणमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले निर्माण व्यवसायी मार्फत मन्थली नगरपालिकामा ५, खाँडादेवीमा २, सुनापतिमा २, लिखु तामाकोशीमा २ र उमाकुण्ड गाँउपालिकामा १ वटा गरी जम्मा १२ वटा सामुदायिक विद्यालयहरू निर्माणको कार्य अन्तिम चरणमा रहेका जनाएको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ज्ञानेश्वर काठमाडौंबाट भारत सरकारको सहयोगमा ९ वटा माध्यमिक विद्यालयहरूको भवन निर्माणका लागि बोलपत्र प्रकाशन भई मूल्याङ्कनको अन्तिम चरणमा गोकुलगंगामा २, सुनापति २, लिखु तामाकोशीमा १, दोरम्बामा १, खाँडादेवीमा १, रामेछाप र मन्थली नगरपालिकाहरूमा क्रमसः १/१ वटा सामुदायिक विद्यालयहरू रहेका छन् भने यसै कार्यक्रम अन्र्तगत १७ वटा माध्यमिक विद्यालयहरूको पुनः निर्माणको ठेक्का सम्झौता भएर भर्खर काम शूरु भएको छ
विद्यालय ब्यवस्थापन समिति मार्फत् आ.व २०७३/०७४ मा मन्थली र रामेछाप नगरपालिकाहरूमा १०÷१०, खाँडादेवीमा ५, दोरम्बामा १४, सुनापतिमा ८, गोकुलगङ्गामा ७ र उमाकुण्ड गाँउपालिकामा ८ वटा गरी जम्मा ६२ वटा सामुदायिक विद्यालय भवनहरू निर्माण सम्पन्न भएका छन् ।
त्यसैगरी आ.व २०७४/०७५ मा विद्यालय ब्यवस्थापन समिति मार्फत ६४ वटा भवन निर्माण कार्य भएपनि मन्थली र रामेछाप नगरपालिकाहरूमा क्रमसः १४ र ८, खाँडादेवीमा ५, सुनापतिमा ११, दोरम्बामा ५, गोकुलगङ्गामा ५, उमाकुण्डमा ६ र लिखु तामाकोशी गाँउपालिकामा ६ वटा गरी जम्मा ५ दर्जन सामुदायिक विद्यालयका भवन निर्माणको काम सम्पन्न भएका छन् । त्यस्तै लिखु तामाकोशीमा १, दोरम्बामा १, गोकुलगङ्गामा १ र रामेछाप नगरपालिकामा १ गरी जम्मा ४ वटा विद्यालय भवनहरू निर्माणाधिन अवस्थामा रहेका छन् ।
आ.व २०७५/०७६ मा ५० वटा भवनको निर्माण कार्य शुरु भएपनि मन्थली र रामेछाप नगरपालिकामा क्रमसः ६ र २ वटा, खाँडादेवीमा ३, सुनापतिमा २, दोरम्बामा ७, गोकुलगङ्गामा ६, उमाकुण्डमा २ र लिखु तामाकोशी गाँउपालिकामा ३ वटा गरी जम्मा ३१ वटा सामुदायिक विद्यालय भवनहरूको निर्माण कार्य सम्पन्न भएका छन् भने मन्थली र रामेछाप नगरपालिकाहरूमा क्रमसः ५ र ३ वटा, खाँडँदेवीमा ४, उमाकुण्डमा ३, लिखु तामाकोशीमा ३ र सुनापति गाउँपालिकामा १ गरी जम्मा १९ वटा भवनहरूको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।
आ.व २०७५/०७६ को दोस्रो चरणमा ४५ वटा विद्यालय भवन निर्माणको काम भएको भएपनि यस आ.व मा जम्मा ५ वटा भवन निर्माणको काम मात्र सम्पन्न भएको छ ।
दोरम्बा गाँउपालिकामा २, लिखु तामाकोशी २ र गोकुलगङ्गा १ गरी जम्मा ५ वटा विद्यालय भवनहरू निर्माणको काम सम्पन्न भएका छन् । आ.व २०७५/०७६ को दोस्रो चरणमा ४५ वटा विद्यालय भवन मध्ये मन्थली र रामेछाप नगरपालिकामा क्रमसः ७ र ५ वटा, खाँडादेवी गाँउपालिकामा ७, सुनापति ४, दोरम्बा ६, गोकुलगङ्गा २, उमाकुण्ड ७ र लिखु तामाकोशी २ वटा गरी ४० वटा सामुदायिक विद्यालयको भवन निर्माणको काम निर्माणाधिन अवस्थामा रहेका छन् ।
मन्थली र रामेछाप नगरपालिकाहरूमा क्रमसः २१ र ७ वटा, खाँडादेवी ७, सुनापति ४, दोरम्बा ५, गोकुलगङ्गा १३, उमाकुण्ड ११ र लिखु तामाकोशी गाँउपालिकामा १६ वटा गरी ८५ वटा सामुदायिक विद्यालयको भवन निर्माणको जिम्मा १६ वटा गैर सरकारी संस्थाहरूले लिएका थिए । अहिले सम्म ८४ वटा विद्यालयहरू मध्ये ७१ वटा विद्यालय निर्माणको काम सम्पन्न भएका छन् भने १३ वटा विद्यालयहरू निर्माणाधिन अवस्थामा रहेका छन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापका प्रमुख निर्मल घिमिरेका अनुसार रामेछाप जिल्ला हिमाली जिल्ला भएकाले जाडो मौसममा हिउँ पर्ने हुँदा र बर्खाको समयमा पानी पर्ने भएकोले पानी परेपछि कच्ची सडक भएकाले सवारी साधनबाट निर्माण सामग्री ढुवानी गर्न नसक्दा निर्माणमा ढिलाई हुन पुगेको बताउनु भयो । १ सय १४ वटा सामुदायिक विद्यालयको भवनहरू मध्ये लगभग ३० भन्दा बढी भवनहरू हाल सम्म निर्माण सम्पन्न हुने भएता पनि कोरोना भाइरसको कारण देश बन्दाबन्दीमा रहँदा काम हुन नसकेपछि केही ढिला हुन पुगेको उहाँले बताउनुभयो । विद्यालय छनोटको समयमा स्थनीयतहका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो राजनीतिक आस्था र प्रभावको आधारमा विद्यालयको नाम सिफारिस गर्ने गरेका कारण आवश्यक भएका विद्यालयहरू छुट्ने समस्या सुरु सुरुमा देखा परेको र उपभोक्ता समिति मार्फत काम गराउँदा काम कसलाई दिने भन्ने विषयमा केही समस्याहरू देखा परेको भएता पनि छलफलको माध्यमबाट समस्या समाधान भएको प्रमुख घिमिरेले बताउनु भयो । काम गर्ने सिलसिलामा उपभोक्ता समिति मार्फत् काम गराउँदा स्थानीयतहमा दक्ष कामदार नहुँदा गुणस्तर कायम गर्न र प्रविधिक उपलब्ध गराउन केही कठिनाई देखा पर्ने भएको भएता पनि छिटो र सस्तो हुने बताउनु भयो ।
निर्माण व्यवसाय मार्फत् काम गर्दा सूचना निकाल्नु पर्ने लगायत झन्झट हुनुका साथै ढिला हुने समस्या देखिनुका साथै उपभोक्ता समिति मार्फत् काम गराउँदा भन्दा निर्माण व्यवसाय मार्फत् काम गर्दा १५/२० प्रतिशत बढी खर्चिलो हुने उहाँले बताउनुभयो ।