Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देशभरी पिसिआर प्रविधिबाट मात्रै १५ हजार बढी परीक्षण

जनता भ्वाइस by जनता भ्वाइस
May 8, 2020
in समाचार
0
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २६,

काठमाडौं । थप एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुगेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा शुक्रबार एकजनाको संक्रमण पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले संक्रमित भएका व्यक्ति १६ वर्षीय पुरुष रहेका छन्। अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन्। यस्तै कोशी अस्पतालमा उपचार भइरहेका ८ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । यससँगै कुल डिस्चार्ज हुने बिरामीको संख्या ३० पुगेको छ।

आज पनि थपिए कोरोनाका एकजना संक्रमित

अहिले रुपन्देहीमा ३ जना, नेपालगञ्जमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना र विराटनगरमा १७ जना बिरामीहरुको उपचार भइराखेको प्रवक्ता देवकोटाले बताए। प्रदेशअनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।

अहिलेसम्म देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेका छन्। यसमध्ये प्रदेश १ मा १ हजार ६ सय ४५ जना, प्रदेश २ मा १ हजार २ सय ९१ जना, बागमती प्रदेशमा २ सय ७२ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश ५ मा ५ हजार ८ सय ७ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३जना क्वारेन्टाइनमा रहेका छन्।

यस्तै, आइसोलेसनमा १ सय ३५ जना रहेका छन्। यसमध्ये ३ जना काठमाडौं उपत्यकामा रहेका छन् भने उपत्यका बाहिर १ सय ३२ जना रहेका छन्।

पिसिआरबाट १५ हजार बढी परीक्षण

अहिलेसम्म कुल पिसीआर प्रविधिबाट गरिएको परीक्षणको संख्या १५ हजार ४ सय ९२ पुगेको छ। यस्तै आरडिटी विधिबाट गरिएको परिक्षणको संख्या ५४ हजार ५ सय ३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५९ आरडीटी परीक्षण गरिएको छ। प्रदेश १ मा ६ हजार ८ सय ४९ परीक्षण भएको छ भने प्रदेश २ मा ५ हजार ३ सय ५६, बागमती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ९९, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४, र सूदुरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ परीक्षण भएको छ।

स्वीस सरकारले बिहीबार सरकारलाई ३० हजार थान पिसिआर टेस्टिङ किट उपलब्ध गराएको छ। किट उपलब्ध भएपछि पीसीआर प्रविधिबाट गरीने परीक्षणलाई पनि तीव्रता दिइने प्रवक्ता देवकोटाले बताउनुभयो । त्यसका लागि सरकरले शुक्रबार नै सबै प्रयोगशालामा किट पठाइसकेको उहाँले बताउनुभयो । थाहाखबर/ फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

युटुबमा हेर्न लायक ५ हिन्दी चलचित्रहरू (भिडियो सहित)

Next Post

रामेछापबाट काठमाडौं पठाएको दुुबै रिपोर्ट नेगेटिभ

Next Post
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

रामेछापबाट काठमाडौं पठाएको दुुबै रिपोर्ट नेगेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.