Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोकुल गंगामा विश्व शान्तिको कामना सहित पूजा सम्पन्न

Milan Ghimire by Milan Ghimire
May 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गोकुल गंगामा विश्व शान्तिको कामना सहित पूजा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २७,

रामेछाप । रामेछाप जिल्लाको गोकुल गंगा गाउँपालिका वडा नं १ चुचुरेमा संसारीमाईको पूजा भव्य रूपमा सम्पन्न भएको छ । शनिबार उभौली पर्वको द्वितीय तिथिको अवसर पारेर पर्यटकिय क्षेत्र शिवालय बजारको शिव मन्दिर माथीको पानी ट्याकी छेउमा कुनै किसिमको प्राकृतिक आपत्ति, विपत्ति नपरोस् भनि परापूर्व कालदेखीनै पुजा गरिदै आएको छ । यो पटकको पुजामा विश्वलाई आतङ्कित पारेको कोरोना भाइरस संक्रमण विश्वबाटै हटोस् भनि देवीको पुजा गरिएको हो । साथै विश्व शान्तिको कामना गरिएको छ ।

पूजा बारेजानकारी दिदै स्थानिय तथा संसारीमाई पूजा ब्यवस्थापन समितिका कोषअध्यक्ष उमेश गुभाजुले भन्नुभयो- “परापूर्व कालदेखी मनाउदै आएको छ, खासगरी हावाबाट आउने रोगहरु नआवस् भनेर पूजा गरिन्छ, यो पटक पनि गर्यौ, ६-६ महिनामा गरिन्छ, उधौली र उभौली पर्वको अवसरमा एक-एक पाठीको देवीलाइ भोगदिने चलन छ, र यो प्रसादको रुपमा सबैलाइ पूजा स्थलमै प्रसादको रूपमा ग्रहन गरिन्छ ।”

भौतिक दूरी कायम गरि शनिबार गरिएको उक्त पुजामा पूरै बजारवासीहरुले शान्तिको कामना गरेका छन् । प्रत्येक वर्ष गरिने यो पूजामा त्यहाँ स्थित सल्लोको रूखमा रातो, सेतो धजा (आलम) वाँधी रूखको फेदमा विधिवत पूजा गरि सामूहिक रूपमा भाकल गर्ने प्रचनल रहेको गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको ईलाका संरक्षण कार्यालय, शिवालयको ईन्चार्ज स्थानिय राजेन्द्र यादवले जानकारी दिनुभयो ।

शिवालय युवा कल्वको सक्रियता र स्थानिय बासीहरूको पहलमा आज धुमधामसंग पूजा गरिएको संसारीमाई पूजा ब्यवस्थापन समितिका अध्यक्ष एवं मन्दिरका पूजारी लोकध्वज कार्कीले यो पुजाको ऐतिहासिक महत्व रहेको बताउनुभयो । फोटो/ Rajendra Yadav बाट

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको देउरालीमा ट्याक्टर दुघटना

Next Post

तीन दिन अघि परेको चट्याङका कारण रामेछाप र आसपासका स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्

Next Post
तीन दिन अघि परेको चट्याङका कारण रामेछाप र आसपासका स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्

तीन दिन अघि परेको चट्याङका कारण रामेछाप र आसपासका स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.