Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चेन्नाईको शानदार सुरुवात

जनता भ्वाइस by जनता भ्वाइस
September 20, 2020
in खेलकुद
0
चेन्नाईको शानदार सुरुवात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

४ असोज, काठमाडौं ।

आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ ।

अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनायो र जित हासिल गरेको हो ।

चेन्नाइको जितमा अम्बाती रायडुले ४८ बलमा ७१ र फाफ डु प्लेसिसले ४४ बलमा नटआउट ५८ रन बनाए ।

मुम्बई इन्डियन्सका सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाएका थिए । क्विन्टन डिककले ३३, किरोन पोलार्डले १८ र सूर्यकुमार यादवले १७ रन बनाएका थिए । कप्तान रोहित शर्मा २ चौकाको मद्दतमा १२ रन बनाएर आउट भएका हुन् ।

चेन्नाईका लुंगी निग्डीले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र दीपक चहारले २–२ विकेट लिए ।

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको शुरुवात खराब थियो । शेन वाटसन पहिलो ओभरमै चार रन बनाएर आउट भएका थिए । भने  मुरली विजयले एक रन मात्रै जोडेर आउट हुँदा चेन्नाइको स्कोर दोस्रो ओभरमा ६ रन मात्र थियो ।

तर अम्बाती रायडु र डु प्लेसिसको साझेदारीले चेन्नाईलाई जित दिलायो । उनीहरुले १४ ओभरमा ११५ रनको साझेदारी गरे । यस क्रममा मुम्बईका जसप्रित बुमराह महँगा सावित भए । उनले चार ओभरमा ४३ रन दिएका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज छैटौँ संविधान दिवस मनाईदै, प्रधानमन्त्रीले टुँडिखेलबाटै देशवासीलाई सम्वोधन गर्ने

Next Post

नेकपाको सचिवालय बैठक आज बस्दै

Next Post
मन्त्री हेरफेर चर्चामा नेकपा, बोलायो सचिवालय बैठक

नेकपाको सचिवालय बैठक आज बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.