Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनमा लुगा सिउदै माटो खेल्दै रामकुमार नेपाली (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 2, 2020
in टिभि, मनोरञ्जन, राष्ट्रिय समाचार
0
लकडाउनमा लुगा सिउदै माटो खेल्दै रामकुमार नेपाली (भिडियो सहित)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामकुमार नेपाली
लोक गायक

‘दलित’ शब्दको गरमपूर्ण बहस चलेको छ यतिबेला । जाजरकोटका नवराज विकको हत्या प्रकरणले त झन संसदमा नै बहस उत्पन्न भएको छ, ‘दलित शब्द नै खारेजी गर्नुपर्छ’ भनेर । झन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले त सबै नेपालीहरुले थर नै परिवर्तन गरी दलित भनिएकाहरुको थर दमाई, कामी, सार्की आदि लेख्नुपर्ने बताएका छन् । उनले आफ्नो नयाँ नाम नै सार्वजनिक गरेका छन्, ‘बाबुराम कामी ।’
दलित प्रतिको सद्भाव र आरक्षणको पाटो समाजमा गरिब र विपन्न वर्गका लागि छुट्याउनु पर्ने बताउँछन्, लोकगायक रामकुमार नेपाली ।


सोमबार, हामी रामकुमार नेपालीको घरमा पुग्दा उनी बाख्राको खोर बनाउन ढुङ्गा कुटिरहेका थिए । पाटे गारो लगाउन आफू खप्पिस छु भन्छन् उनी ।
रामेछाप भन्दा बाहेक रामकुमार नेपालीलाई वास्तविकतामा चिन्ने व्यक्तिहरु कमै होलान् । गत वर्ष भएको ‘आइएमई लोक स्टार’ मा आफ्नो अब्बल दब्दबा छोड्न सफल भएका नेपाली लकडाउनको समयमा आफ्नो घरमा नै घरायसी काममा व्यस्त छन् । प्रायः क्यामेराको अगाडि स्टेजमा सजिएर देखिने गायक गायिकाहरु आफ्नो घरमा आफ्नै वास्तविक जीवनमा रमाइरहेका हुन्छन् । उनीहरुको पनि आफ्नै रमाइलो व्यक्तिगत र पारिवारिक जीवन हुन्छ । काठमाडौंमा महल भएका प्रायः ‘गाँठिष्ट’ गायक गायिकाहरुको यो लकडाउन आफ्नै घरको चारघेरा भित्र बितिरहेको होला, तर नेपालीको दैनिकी भने, वन पाखामा बाख्रा चराउँदै, वस्तुभाउलाई घाँस काट्दै र घरको सुसे धन्दा गर्दैमा बित्ने गरेको छ ।


‘रामकुमार’ थरले ‘नेपाली ।’
अर्थात् ‘दमाई’ को छोरा । उनी आफ्नो थर लुकाउन चाहँदैनन् । आफूलाई आफू दमाईको छोरा हुनुमा गर्व गर्छन् । उनको यो खुलापन देख्दा सबैलाई लोभ लाग्छ । लोक गायक राजु परियार जस्तै आफूलाई दमाईको छोरा हूँ भन्नुमा उनलाई कुनै लज्जाबोध छैन । अनौपचारिक कुराकानीका क्रममा उनी भन्छन्, ‘मलाई आफू दमाईको छोरा हूँ भन्नुमा केही अन्यथा लाग्दैन ।
मेरा बाबुबाजेले हिजो गाउँमा ‘विष्ट्यौली’ नगरी, बाजा नबजाई र लुगा न सिलाई बसेको भए आज म रामकुमार हुँदैन थिएँ । उहाँहरु बाँच्नु भएर नै आज म ‘म’ हुन पाएको छु । मलाई दमाई जातिले बजाउने जुनसुकै बाजा बजाउन आउँछ । लुगा सबै प्रकारका सिउन सक्छु ।’
रामकुमारको यस्तो प्रगति देख्दा उनकी आमा ‘चिना’ निकै खुशी छिन् । उनी भन्छिन्, ‘छोराको यस्तो प्रगतिमा मलाई खुशी लाग्छ ।’


आइएमई लोक स्टारका बेला प्रथम हुने विश्वास गरिएका रामकुमार अन्त्यमा चौथो भए । त्यसमा पनि उनको कुनै गुनासो छैन । उनी भन्छन्, ‘यसमा मलाई कुनै गुनासो छैन । प्रथम हुने पनि नेपाली संगीत क्षेत्रकै व्यक्ति हुन् । उमेरले म भन्दा कान्छा भए पनि मैले उनको यो सफलतालाई मेरो पनि सफलता मानेको छु ।’
‘रामेछाप लोक तारा’ प्रथम स्थान हासिल गरेसँगै आफूलाई नेपाली लोक संगीतको क्षेत्रमा ‘डब्यू’ गरेका नेपाली लाई आइएमई लोक स्टारमा शुभचिन्तकहरुले भोट खरिद गर्नका लागि गरेको सहयोग रकम अपचलन गरको आरोप पनि लागेको छ ।


यस सन्दर्भमा प्रकाश पार्दै उनी अगाडि भन्छन्, ‘पहिलो कुरा त, लोकस्टारमा भोट खरिद गर्न म सँग प्रशस्त रकम थिएन । मेरा भगवानसरी शुभचिन्तकहरुले गर्नु भएको थोपाथोपा सहयोगको मैले उच्च सम्मान र सदुपयोग समेत गरेको हूँ । भोट खरिद गर्न लिएको रकम मैले सोही कार्यका लागि प्रयोग गरको प्रमाण छ म सँग । आवश्यक पर्दा त्यो मैले देखाउनु पर्दा पनि म सक्छु ।’
आफ्नो ‘मरते दम तक्’ नेपाली लोकसंगीतलाई माया गरिरहने उनको प्रण छ ।
बाँकी भिडियोमा…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज मात्रै २३९ जनामा कोरोना पुष्टि, १८ सय नाघ्यो संक्रमितको संख्या

Next Post

विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा पुष्टि

Next Post
विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा  पुष्टि

विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.