Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कमरेड ढुङ्गेल तपाईंलाई रामेछापका कति नागरिकले चिन्छन् ? सर्वेक्षण गरौं

जनता भ्वाइस by जनता भ्वाइस
May 31, 2020
in विचार
0
कमरेड ढुङ्गेल तपाईंलाई रामेछापका कति नागरिकले चिन्छन् ? सर्वेक्षण गरौं
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आदरणीय कमरेड माधव ढुङ्गेलज्यू,
हार्दिक, हार्दिक नमन ।

सर्वप्रथम हजुरलाई राष्ट्रिय युवा परिषद्को दोस्रो कार्यकालको शुभकामना ।
आदरणीय कमरेड, तपाईं नेपालकै बौद्धिक व्यक्तिमा गनिनु हुन्छ । देशका उच्च तह र तप्पका मान्छेले तपाईंको नाम लिँदा सहजै चिन्छन् ।
अझ माथिल्लो तह भएर हो या शिक्षाका कारणले हो तपाई देशभरका युवाहरू मध्य एक मानिनु हुन्छ । जसका लागि धन्यवाद् ।
तर तपाइको पहिलो कार्यकालमा युवाहरूले चित्त बुझाउने काम भएको जस्तो लाग्दैन । हुन त जम्मा ४ वर्षे कार्यकाल छोटो भएर हुन सक्छ । तपाईंको विचार १ घण्टा सुन्ने हो भने गर्न नसक्ने काम हामी युवाले केही छैन जस्तो महसुस हुन्छ । तपाइले युवालाई सहुलियतपूर्ण कर्जा त्यो पनि नागरिकता धितो राखेर युवालाई ऋण उपलब्ध गराउने जस्ता अपरिपक्व समाचारले लाखौं युवा मानसिक रोगको सिकार भएका छन् ।
हुन त यो योजना दोस्रो कार्यकालमा सफल बन्छ होला र बनोस् शुभकामना ।


आदरणीय कमरेड,
तपाईंको राजनीति मैदान भने तयार छैन । तपाईं जतिको व्यक्ति देशले माग्छ नै, तर विचित्र के छ भने तपाईंको चुनावी क्षेत्र कुन हो भन्नेमा तपाईं अन्योलमा हुनुहुन्छ होला । किन भने तपाइको जन्मभूमि रामेछाप जिल्ला हो तर तपाईं रामेछाप कै हो भनेर बुझाउन वर्षै लाग्छ । तपाईंलाई रामेछापका २ सय ५ व्यक्तिले पनि चिन्दैनन् ।
कमरेड ढुङ्गेल तपाईंलाई रामेछापका कति नागरिकले चिन्छन् ? सर्वेक्षण गरौं
हुन त रामेछाप जिल्लाभर तपाईं घुम्नु पनि भएको छैन होला । मैले तपाईंलाईं नजिकबाट चिनेको २ वर्ष मात्र भयो । राष्ट्रिय युवा परिषद्का कार्यकारी प्रमुख रामेछापकै भन्दा म ज्यादै खुशी भएको थिएँ ।


तपाईंले आफ्नो क्षेत्र हेर्नु भयो ? हुन त राष्ट्रिय राजनीति गर्ने व्यक्तिको आआफ्नै चुनावी मैदान तयार गरेर राखेका छन् । प्रचण्ड कमरेड को चितवन, केपी वलीको झापा भने शेरबहादुरको डडेल्धुरा र बाबुरामको गोरखा भए जस्तै तपाईंको रामेछाप होला भन्नेहरु थुप्रै छन् ।
हठात् ! वास्तविक अर्कै छ ।
तपाईंलाई रामेछापमा कति युवा छन् र कस्ता खालका विकृति छन् भन्ने कुरा थाहा छैन । तपाईंलाई त के युवासँगको जिल्ला अध्यक्षलाई समेत थाहा छैन । कारण तपाईंले आफ्नै पार्टी हेरेर समिति निर्माण गर्नु भएको छ ।


आदरणीय कमरेड ढुङ्गेलज्यू,
यदि उच्च तहमा भएको बेला तपाईंले आफ्नो क्षेत्र मजबुत बनाउनु पर्ने हो तर बनाउन सक्नु भएन । रामेछापमा पनि युवासँग केही तागत छ भन्ने लाग्छ । धेरै जति युवाहरूलाई थाहा छैन । थाहा पनि के होस् युवासँघले जिल्लामा एउटा पनि युवाको हकमा काम गरेको देखिदैन ।
यदि कार्यकर्तालाई मात्र र कार्यकर्ता मात्र युवा हुन् भने भन्नु केही छैन । रामेछाप जिल्लाले गर्व गर्छ कि माधव ढुङ्गेलले राम्रो नोकरी पाएका छन् ।
बाँकी न युवाले गर्छन् न त जिल्लाले । हुनत मैले वनमा बाख्रा चराउन गएको समयमा रामेछापले पूर्णता पायो भन्दा बाख्रा चराउन साथी गएकी रस्मिलाले अब म पनि कम्युनिष्ट भन्नु पर्यो भने केही पाउँछिन् ?
गोरु चराउने बुढा हजुरबाले ढुङ्गेल रामेछाप कै हुन् त ? भन्नु भयो मैले मुस्कुराउँदै भने यो युवा परिषद्बाट सेवा सुविधा लिन कम्युनिष्ट हुनु पर्दैन । तपाईं रामेछापकै माटोको हो भनेर हामीले किन गर्व गर्ने ?
यो कोभिड १९ जस्तो महामारीमा तपाईंको ठूलो भूमिका रहन्छ होला भन्ने धेरैको अनुमान थियो, तर तपाईं कता हराउनु भयो देखिएन । अब तपाईंलाई भन्न अप्ठ्यारो हुनुपर्ने हो । आपत पर्दा युवा परिचालन गर्न सकिन्छ भनेर ।
हुन त तपाईंको भिजन देशभरको लागि होला जिल्लामा मात्र सीमित राख्न नखोज्नु भएको होला, तर तपाईं ठाउँमा पुगेको बेला आफ्नो ठाउँ सबैले हेर्छन् भनेर युवाहरू खोजी खोजी उनीहरुको क्षमता पहिचान गरेर आर्थिक रुपमा समृद्ध बनाउनु पर्ने हो ।
जसका कारण भोलि सबै युवा एक भएर तपाईंलाई चुनावमा सहयोग गर्न तत्पर हुन्छन् । आज बुझेका छन्, पार्टी भन्दा राम्रो चाहिँ हाम्रो भन्ने समय छ । अझ महत्वपूर्ण कुरा तपाईंले कुल्चिएर छाडेको माटो हामीले चाटेर हुर्केका छाँै । तपाईंले यसरी केही गर्नु भएन भने हामीले के गरौंला ?

कमरेड, म जस्तो कुनै पार्टीको साधरण सदस्य समेत नरहेको र प्रतिपक्षी युवाको लागि पनि राष्ट्रिय युवा परिषद्ले समेट्न सकोस् ।


त्यसैले राजनीति आफ्नो ठाउँमा छ अब युवा एक गर्न तिर लाग्नुस् । प्रचारप्रसार कम र काम धेरै होस शुभकामना ।
कृपया यो वर्ष राष्ट्रिय युवा परिषद् भन्दा धेरै कोभिड १९ ले युवालाई मानसिक रोगको सिकार बनाएको छ । अझ युवा परिषदद्वारा नथपियोस् ।
यो कार्यकालमा रामेछापका सबै युवाले तपाईंको नाम सुन्न र यहाँको कार्यगति हेर्न पाउने कार्यकाल बनोस् । जति धेरै काम होस सबै जिलाका युवा रोजगार भएका होउन् । यहाँको कार्यकालमा भएका विकृति अन्त्य होस शुभकामना कमरेड ।
कमरेड, म जस्तो कुनै पार्टीको साधरण सदस्य समेत नरहेको र प्रतिपक्षी युवाको लागि पनि राष्ट्रिय युवा परिषद्ले समेट्न सकोस् ।
लेख्न धेरै छ । बाँकी सुधारको कामाना सहित् अर्को लेख सुधारको कुरा लेख्न पाउँ अहिलेलाई कलम बन्द ।
उही बोहरा अंकल ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

संविधान संशोधनको प्रस्ताव आज दर्ता हुने

Next Post

सिमा विवादबारे वार्ता गर्न भारत तयार : मोदीले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने

Next Post
सिमा विवादबारे वार्ता गर्न भारत तयार : मोदीले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने

सिमा विवादबारे वार्ता गर्न भारत तयार : मोदीले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.