यातायात भन्ने बित्तिकै हामी एक ठाँउबाट अर्को ठाँउसम्म जाने साधन भन्ने बुझ्दछौँ । यातायातको साधन बिना मानिस एक ठाँउ बाट अर्को ठाँउमा जान निकै गाह्रो छ । हुन त मानव सभ्यताको आदिमकालमा मानिसहरू खुट्टाले हिँडेर नै एक ठाँउबाट अर्को ठाँउ जान्थे, आफ्नो जीविकोपार्जन गर्थे । उनीहरूको संसार पनि साँघुरो थियो । तर विज्ञानले अहिले विश्वलाई एउटै घर बनाई दिएको छ । विश्वको जुनसुकै कुनाको मान्छे विश्वको जुनसुकै कुनामा सयर गर्न सक्ने भएको छ । यातायातका विभिन्न साधनहरु छन् तर त्यसमा पनि सबैको पहुँच पुगेको र सबैले प्रयोग गर्ने साधन भनेको सार्वजनिक यात्रुबाहक बस हो । जुन साधन सानोभन्दा सानो पुँजी भएका र पढाई लेखाइमा पछाडि परेका जो कोहीले पनि आफ्नो जीविकोपार्जनको पेसा बनाउन सकेका छन् । सबैलाई नभई नहुने नेता, ठूलाठालु, विद्वान, मुर्ख, सज्जन, खराब जो कोहीले पनि यसको प्रयोग बिना जीवन चलाउन नसक्ने तर कसैले पनि यसलाई राम्रो र सम्मानित् पेसा र व्यावसाय मान्न नसकेको क्षेत्र हो यो ।
सबैले हेलाँको नजरले हेर्ने गरेको पेसा हो सवारी चालक । यो गलत हो । राज्यले सम्मान सम्बोधन गर्न नसकेको र हेलाँमा राखिएको पेसा हो । यसमा सम्बन्धित् निकायले आवाज उठाउन सक्नुपर्छ । जुन काम सबभन्दा जोखिम छ । जुन काम बिना हाम्रो जीवन चल्दैन त्यो कामलाई हामी सबैले सम्मानित पेसा मान्ने वातावरणको सिर्जना गर्न सक्नुपर्छ । यसमा राज्यले उचित् कदम चाल्नुपर्ने देखिन्छ र यातायात व्यवसायसङ्ग सम्बन्धी सबै निकायले आवाज उठाउनु पर्छ । सरकार राहत यति करोडको राहत बाँढे, उति करोडको कोरोना उपचार र व्यवस्थापनमा खर्च भयो भनेर दैनिक बिल मात्रै बढाइरहेको छ । तर यातायात मजदुर र व्यवसायीको बारेमा खासै बोलेको सुनिएको छैन । यसमा यातायात व्यावसायी र यातायात मजदुरले एक भएर आवाज उठाउनु पर्ने देखिन्छ ।
हुन त राहत प्याकेज ल्याउने र जनतालाई आवश्यक परेको सामग्री जुटाउने जिम्मा राज्यको हो । कतिपय अवस्थामा राज्यले ध्यान दिन नसकेको राज्यको आँखा नपुगेको ठाँउमा सम्बन्धित संघ संस्थाले ध्यान दिनुपर्ने हुन्छ । हाम्रो देशमा पनि त विभिन्न यातायात प्रा.लि.विभिन्न संघ संस्था रहेको छ अनि ती सबैलाई हेर्ने यातायात महासङ्घ छ । यस्तो बिपत्तिको समयमा यातायातसङ्ग जोडिएको विभिन्न खाले मजदुर, साना ठुला व्यावसायीलाई मध्यनजर गरेर विभिन्न राहत प्याकेज ल्याउनु पर्ने देखिन्छ तर खोइ कहाँ गयो यातायात प्रा.लि.यातायात संघ र महासङ्घ ? देश कोरोना महामारीका कारण लकडाउनमा गएको छ । लाखौं यातायात मजदुरको रोजिरोटी खोसिएको छ । यातायात व्यावसायीको आम्दानीको मुहान बन्द भएको छ । किस्ता २–३ महिनादेखिको खप्टिएको छ । अझै पनि यस्तो अवस्था कहिले अन्त्य हुन्छ निश्चित छैन । जसले आफ्नो जीवन सधैं सडकमा बिताएको छ, गाडीको स्टिरिङ्गमा जीवन बिताएको छ, गाडीको झ्याल र ढोकामा झुन्डिएर जीवन बिताई सेवा दिएको छ ।
काम गरेको दिन मात्रै भत्ता पाउने, महिनावारी तलबको व्यवस्था नहुनु आदि धेरै कारण हरु छन् ।
उनीहरूको अहिले चुल्हो निभेको छ । यस्तो बेलामा राज्यले चुप् बस्न मिल्छ ? अनि यातायात मजदुर र व्यावसायीको हितको लागि गठन भएका विभिन्न संघ सस्था र प्रा.लि. हरु किन मौन ?
राज्यले सम्मान गर्न नसकेको पेसा गाडी चालक र सहचालक । यिनीहरूमा मात्रै छ र विकृति ? अरु पेसा गर्नेले बदमासी गर्दैनन् र ? तर यातायात मजदुरलाई मात्र किन गरिन्छ त समाजमा हेलाँ ?
यस्तो अवस्थाको सिर्जना हुनको कारण राज्य र स्वयं व्यक्ति हो । राज्यले यातायात मजदुरको लागि कुनैपनि नीति नियम र योग्यता नतोक्नु, कार्य अनुभवको आधारमा चालकको वर्गीकरण नहुनु, सबै खाले सवारी चालकलाई एउटै नजरले हेरिनु, अनि व्यक्ति स्वयंले पनि आफ्नो पेसामा लापरबाही गर्न हो । साथै काम गरेको दिन मात्रै भत्ता पाउने, महिनावारी तलबको व्यवस्था नहुनु आदि धेरै कारण हरु छन् । यसका अलवा काम गरिन्जेल नियमित पैसा हातमा पर्नु, घरभन्दा बाहिर बढी समय बिताउनु पर्नु जस्ता कारणले यो पेसालाई अगाल्नेहरुलाई समाजले फरक नजरले हेरेको पाइन्छ । सवारी चालक भन्ने बित्तिकै समाजले हेलाँ गरेको देखिन्छ । यहाँ यो पेसा अँगाल्ने केहीले गल्ती नगरेका होइनन् तर कुनै एक व्यक्तिले गल्ती गर्यो भन्ने बित्तिकै पेसालाई नै बदनाम गर्न कदापि मिल्दैन ।
प्रायजसो घरबाहिर बस्न बानी परेकाले घरमा समय बिताउन उनीहरूलाई गार्हो भएको छ । यस्तो बेलामा उनीहरूलाई सामाजिक तथा मनावैज्ञानिक परामर्शको खाँचो परेको देखिन्छ ।
अरु पेसा अगाल्ने, ठूला ठूला गरिमामय पदमा पुगएकाले गलत गरेका छैनन् र ? पेसा र व्यावसाय जुनसुकै किन नहोस् त्यसलाई सम्मानित बनाउने जिम्मेवारी हामी सबैको हो । पेसा राम्रो र नराम्रो भन्ने हुन्न । त्यो त त्यो पेसा अगाल्ने व्यक्तिमा भर पर्छ ।
अहिलेको कोभिड (१९) कोरोना भाइरसले देश लकडाउनमा गएको ३ महिना हुन लागिसक्यो । यस्तो बेलामा महिनावारी तलब भत्ताको सुविधा नभएको कारण यातायातसङ्ग जोडिएका विभिन्न खाले मजदुरहरु डिप्रेसनमा पुगेका छन् । उनीहरूको घरमा चुल्हो निभेको छ । जहान परिवार भोकभोकै मर्ने अवस्थामा पुगेका छन् । यो बेला उनीहरू मानसिक रूपमा तनावग्रस्त छन् । सधैं पैसा खेलाउने हात खाली भएको छ । प्रायजसो घरबाहिर बस्न बानी परेकाले घरमा समय बिताउन उनीहरूलाई गार्हो भएको छ । यस्तो बेलामा उनीहरूलाई सामाजिक तथा मनावैज्ञानिक परामर्शको खाँचो परेको देखिन्छ ।
यस्तो विकराल अवस्थामा यातायात महासङ्घ, राज्यले सहयोग गर्नु पर्ने हुन्छ तर अहिलेसम्म कहिँ कतैबाट कुनै पनि सहयोग भएको देखिएको छैन । यसको मुख्य कारण भनेको यो पेसा अगाल्ने व्यक्तिहरुलाई राज्यले पछाडि पारेको छ । उनीहरु पढेलेखेका छैनन्, आफ्नो आवाज एक ठाउमा बुलन्द गर्ने हिम्मत गर्दैनन् । त्यसैले यस्तो बेला हामी सबैले आआफ्नो ठाँउबाट आवाज उठाउनुपर्छ । अत्यन्तै बिपन्न र कमजोर अवस्था भएका मजदुरहरुलाई सहयोग गर्नुपर्छ ।
हामी जुनसुकै उच्च पद र पेसा अगाल्ने भए पनि यातायात बिना हाम्रो जीवन चल्दैन भन्ने बुझ्न सक्नुपर्छ । हामी सबैले कामलाई सम्मान दिन जान्नुपर्छ । पेसा जुनसुकै किन नहोस् त्यसको सम्मान र इज्जत गर्न जान्नुपर्छ । जुनसुकै पेसा अगाल्ने व्यक्तिले आफ्नो कामको इज्जत आफैंले गर्न सक्नुपर्छ । अनि यो पनि राज्यले बुझ्न जरुरी छ कि राजस्वमा बढी योगदान यातायातले दिएको छ । यातायात बिना कसैको पनि दैनिकी चल्दैन ।
प्रायजसो घरबाहिर बस्न बानी परेकाले घरमा समय बिताउन उनीहरूलाई गार्हो भएको छ । यस्तो बेलामा उनीहरूलाई सामाजिक तथा मनावैज्ञानिक परामर्शको खाँचो परेको देखिन्छ ।





