– देशको संघीय संसदमा यतिखेर बजेट छलफलको राइँदाइँ छ । बजेट छलफलमाविभिन्न एङ्गलबाट जुटेका छन् केही सक्रियझैँ लाग्ने माननीय सांसदहरू । करिब दुई तिहाईको संख्यामा त माननीयहरू हाउस जाने र आउने मात्र काम गरिरहेका छन् – समय कटनी र भत्ता छँटनीका लागि । नेताले विचार र कार्यक्रम समयानुकूल भई नहाँक्नाले र चुनावी तिकडम नजान्नाले गर्दा इतिहासमै लाचार र कमजोर प्रतिपक्षको उपस्थिति छ –हाउसमा । त्यसैले प्रतिपक्षको भूमिका पनि सरकारकै सांसदले गरिदिनु पर्ने तीतो बाध्यता जगजाहेर छ –यतिखेर । यस्तै बेलालाई लिएर हाम्रा बूढापाकाहरूले उखान बनाएका होलान् –‘आफैँ बोक्सी आफैँ धामी’ भन्ने ।
– माननीय भीम रावल, रामकुमारी झाँक्री र नवीना लामाहरू‘चुनाव लड्नु नपर्ने ‘अग्ला अर्थमन्त्री’ लाई विभिन्न इसु उठाएर क्पाप क्पाप बनाइरहेका छन् । बजेटमा धेरैवटा गुनासा र विवादका चित्र देखिएका छन् । वित्तमन्त्री खतिवडाको ‘विचौलिया खुसी पार्ने र पार्टीको घोषणा–पत्रलाई नेपकिन बनाउने चाला’ ले बौद्धिक कृषिमन्त्री मानिने घनश्याम भुसाल र सन्न्यासी आवरणमा रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलको हियो डढेको मात्र नभई चित्त कुँडिएको अवस्था छ । तर ती दुवै अहिले सिरक ओढेर रोइरहेका छन् । बाहिर रोऊँ भएको मन्त्रीको जागिर ‘काका’ले चट् पारिदिने नरोऊँ वित्तमन्त्री कम्युनिष्टको आचरण गर्ने खालकै भैदिएनन् । यस्तो अवस्थाका जनतालाई केही त दिनै पर्दथ्यो । त्यसैले केही हेभिवेट मन्त्रीहरूलाई कोरोना कहरका मन्त्रीले नै ‘कोरोना’ सार्लान् जस्तो भैसक्यो ।
– यतिखेर नेकपाको करिब दुई तिहाइको सरकार छ । भर्खरै मात्र अर्थमन्त्रीले दुवै सदनको संयुक्त बैठकमा सरकारको २०७७÷०७८ को आम्दानी र खर्चको विवरण बजेट पेस गरेका छन् । बजेटको १६६ नम्बर बुँदामा समेटिएको सरकारी र सामुदायिक विद्यालयलाई शैक्षिक र भौतिक रुपमा उठाउनका लागि निजी स्कुलको जिम्मा लगाउने कुराले गर्दा यो बजेट यतिखेर निकै आलोचित भएको छ ।
– अमेरिकी अश्वेत युवक जर्ज फ्लोयडमाथि भएको ‘प्रहरी ज्यादति’ र नेपालमा नवराजहरू माथि भएको जातीय ज्यादति देश फरक भए पनि प्रवृत्ति एउटै हुन् । जुन दिन्दनीय त छँदैछन् साथै तिनले वर्तमान वैश्विक समाज नै क्रूरतातिर अग्रसर भएको देखाउँछन् । यसरी समाज अघि बढ्ने हो भने समाजवादको सपनामाथि तुषारापात नहुन बेर लाग्दैन ।
– जर्जले कारोबार गरेको २० डलरको नक्कली नोटले हालसम्म अमेरिकाभर करिब ६० करोड अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिको क्षय भैसकेको छ । यसले के देखाउँछ भने विद्रोह र क्रान्तिका लागि आगाका शैलावहरू उठनका लागि एउटा झिल्का नै काफी हुँदो रहेछ ।
– बुज्रुक समाजवादी अध्येताका रूपमा चिनिएका वर्तमान कृषिमन्त्री घनश्याम भुसालले कृषिमा आमूल परिवर्तनका गर्ने खालको बजेट अपेक्षा गरेका थिए सो अनुसारको बजेटका कार्यक्रमहरू कृषि मन्त्रालयमा नपरेको भन्दै अर्थमन्त्री युवराज खतिवडासँग रोष प्रकट गरिसकेका छन् ।
– शिक्षा क्षेत्रमा त ‘सरकारी भर्सेज बोडिङ् स्कुल इसु’ ले सामाजिक सञ्जालतताएको छ । शिक्षा मन्त्रालयले तय नगरेका कुरालाई बजेटमा पारेर अर्थ मन्त्रीलाई बोल्न लगाउनुले सरकारका दुई साझेदार शक्तिहरू पूर्व एमाले र पूर्व एमाओवादीबीच अझै गाँड कोराकोरको स्थिति रहेको छ भन्ने कुरा देखाउँछ ।
करिब चारहजारको छेउछाउमा पुगेको कोरोनालाई नियन्त्रण गर्न एकातिर सरकार पूर्ण रूपमा सफल छैनभने अर्कातिर काँग्रेसको हाइ कमाण्डले कोरोना नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल भनेर भनिसक्यो ।
– ‘समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु, भेन्टिलेटर खोज्दाखोज्दै सुत्केरीको मृत्यु’, ‘जागिर गएपछि अस्पतालका कर्मचारीद्वारा आत्मदाहको प्रयास उपचारमा मृत्यु’, ‘क्वारेन्टिनबाटै संक्रमित भागे’, ‘छाउगोडमा क्वारेन्टिन’, ‘क्वारेन्टिनमै सर्पले टोकेर मृत्यु’जस्ता तीता समाचारहरू नेपाली छापाहरूमा दैनिक रूपमै आएका छन् ।
– असार १ गतेदेखि निजी र सामुदायिक विद्यालयहरू पनि सञ्चालन गर्नु पर्ने भनेर निजी स्कुलका सञ्चालकहरू बुरुक्बुरुक् गर्न थालेका छन् । यो यस्तो बेला हो कि अब कोरोनाको संक्रमण समुदाय स्तरमै गैसकेको छ । करिब चारहजारको छेउछाउमा पुगेको कोरोनालाई नियन्त्रण गर्न एकातिर सरकार पूर्ण रूपमा सफल छैनभने अर्कातिर काँग्रेसको हाइ कमाण्डले कोरोना नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल भनेर भनिसक्यो ।
– संघीय सरकारले स्थानीय तहलाई कोरोना परीक्षणका लागि पिसिआर कीट पर्याप्त मात्रामा नपठाएकाले स्थनीय स्तरमा अहिले कोहराम मच्चिएको छ ।संकलन गरिएका स्वाबहरू जताततै रोकिएका छन् । पिसिआर मेसिन खरिद गर्न नपाएर स्थानीय र प्रदेश सरकारको सातो गएको अवस्था छ । अतः जनतामा भय र त्रास उत्पन्न भएको छ ।
– हिजो रेम्यिान्स भित्र्याएर मख्ख गर्ने सरकार आज विदेशबाट आएका नेपालीलाई केकसरी कुन पेसा र व्यवसायमा व्यवस्थापन गर्ने भन्ने सवालमा नराम्ररी चुकेको छ । उसले कृषि, भूमि, सिँचाई, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र सञ्चारमा गतिला गतिला सोचहरू ल्याएर विभिन्न प्रकारका साना, मध्यम र ठूला प्रकृतिका रोजगारीहरूको सिर्जना नगरी भएको छैन ।
– पोहोर परार सरकारले भन्ने गरेका भ्यु टावर, रेल, पानीजहाज, मेट्रो र ठूल्ठूला मेघा आयोजनाहरूका ठाउँमा जनताको जीवनस्तर बचाउने खालका रोजगारीमूलक कामहरू गर्नका लागि ठोस रुपमा पहल गर्ने बेला भैसकेको छ ।
यी बेथितिजन्य कार्यहरू भएको देख्दा त यो राज्य अदृश्य शक्ति र दृश्य रुपमै आर्थिक कार्यहरू गर्न र नगर्नका लागि दबाव दिने अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैँक र एसियाली विकास बैँकका कृतदासहरू नै हाम्रो जस्तो गरिब देशका अर्थमन्त्रीहरू हुँदा रहेछन् भन्ने कुरा जनतामा नीति कार्यक्रम र बजेट को प्रस्तुति हुँदा नै प्रष्ट भैसकेको छ ।
– शिक्षा क्षेत्रमा राज्यको दोधारे र काइते नीति, स्वास्थ्यमा देखिएको चरम लापरवाही र विकृति अनि कृषिमा नीति नबनिसकेको अवस्था र राज्यले कृषि कार्यलाई निर्वाहमुखी पेसाबाट निर्यायमुखी पेसामा कसरी रुपान्तरण गर्न सकिने भनेर योजना समेत नबनाएको र यसपालीका बौद्धिक कृषिमन्त्री भनिएका घनश्याम भुसाललाई पनि बोरो प्लेयरका रुपमा चित्रण गरिएका अर्थमन्त्रीले चकलेटमा कर घटाई पुस्तकमा बढाएका र किसानमुखी कार्यक्रमहरू सबै काटिदिएकोमा गुनासो गरेका छन् । उता शिक्षा मन्त्री त अर्थमन्त्रीका विरुद्धमा वक्तक्तवाजी नै गर्न पुगेका छन् । यी बेथितिजन्य कार्यहरू भएको देख्दा त यो राज्य अदृश्य शक्ति र दृश्य रुपमै आर्थिक कार्यहरू गर्न र नगर्नका लागि दबाव दिने अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैँक र एसियाली विकास बैँकका कृतदासहरू नै हाम्रो जस्तो गरिब देशका अर्थमन्त्रीहरू हुँदा रहेछन् भन्ने कुरा जनतामा नीति कार्यक्रम र बजेट को प्रस्तुति हुँदा नै प्रष्ट भैसकेको छ ।
– हुँदाहुँदा अनलाइन शिक्षाको रटानले पनि सामाजिक सञ्जाललाई निकै रमाइलो प्लेट फार्म बनायो । तर अहिले बल्ल आएर देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले त्यहाँ कार्यरत ११ हजार सबै प्रकारका प्राध्यापकहरू र ३ लाख विद्यार्थीहरूका लागि इन्टरनेट ठेगानाका लागि पहल गरेको खबर सार्वजनिक भएको छ । देश यस्तो हालतमा चलेको छ जब कि यहाँका शैक्षिक माफिया र बिचौलियाहरू महामारी र रोगले जनतालाई अत्याएको बेलामा पनि आफ्नो दुनो कसरी सोझ्याउने भनेर सोचिरहेका छन् । यो देशकै लागि विडम्बना हो ।
– करिब २० लाख नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू देशमा फर्किएर काम र मामको खोजी गर्नका लागि सडकमा नारा जुलुस लगाउन आए भने सरकारमा बस्नेहरूको लगौँटी फुस्कन सक्छ । आसा गरौं त्यस्तो नहोस् । प्रदेश र स्थानीय सरकारले संघीय सरकारका योजनामा डुब्लिकेसन नहुने गरी जनताको आर्थिक अवस्थाको चलखेल हुने गरी कार्ययोजनाहरू तय गरून र काम गरून । अहिलेलाई यत्ति मात्र भन्न सकिन्छ ।
प्रदेश र स्थानीय सरकारले संघीय सरकारका योजनामा डुब्लिकेसन नहुने गरी जनताको आर्थिक अवस्थाको चलखेल हुने गरी कार्ययोजनाहरू तय गरून र काम गरून । अहिलेलाई यत्ति मात्र भन्न सकिन्छ ।
– ओखती, अन्न, फलफूल र सामान्य कुराहरूको जस्तै मानिसमा हुने र मनबाट पैदा भएका विचारहरूको पनि ‘डेट एक्सपायर’ हुँदो रहेछ । यो कुरा देशमा कोरोना कहरले आक्रान्त भएका विगत् ६ महिना यताका समाज र राष्ट्रका केही प्रतिनिधि घटनाहरूलाई विश्लेषण गर्दा थाहा हुन्छ ।
– पूर्व अधिराजकुमारी हिमानी राज्यलक्ष्मी देवी शाह पनि भारतीय चेली र अहिलेकी संघीय संसदकी सांसद सरिता गिरी पनि भारतीय चेली । ती दुईमा तुलना गर्दा एउटा हुदयमा बास बस्न सक्ने औकात र चित्र बनाउँदै छिन भने अर्की गिरी चाहिँ मुखमा बसेकी छिन् । राजनीति गर्ने जोकोही होस् त्यसले जमिनी यथार्थ नबुझीकन बोल्ने, काम गर्ने र आफूलाई ओभर स्मार्ट दोखाउने हो भने उसको हालत जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईको जस्तो हुन्छ । गृह निर्माण अन्तर्गत वास्तुकलामा विद्यावारिधि गरेका भट्टराईका मौसमी कुराहरू सुन्दा जोकोही मानिसहरू पनि इरिटेड हुन्छन् ।
– बेलाबेलामा नेपालमा उठ्ने गरेको विदेशी हस्तक्षेप र अदृश्य गोटीहरूको कुरा यतिखेर एमसिसी र सिमानाको मुद्दा उठ्दा पनि चखिलो ढंगले उठिरहेको छ । यो बेलामा कुनै खोज पत्रकारले आफ्नो कलमलाई सोरै आना न्याय गर्दै देश र जनताका लागि भलो गर्ने उद्देश्यले काम गर्नका लागि मसस्क आँट गरेर भारतीय खुफिया एजेन्सी ‘र’ (रिसर्च एण्ड एनालाइसिस् विङ्) र अमेरिकको ‘सिआइए’ (क्रिमिनल इन्भेष्टिगेसन एसोसिएसन) का विभिन्न हाँच र स्तरका नेपालमा रही मुखुण्डो ओडेर काम गर्ने तमाम तलबी कार्यकर्ताहरूको नाम, पद र ठेगानाको फेहरिस्त बाहिर ल्याइदिने हो भने नेपालमा धेरै नेतानेतृहरूको भित्री लुगा पनि फुस्किन्छ भनेर जानकारहरू भनिरहेका छन् । यसो भयो भने नेपालमा नयाँ र शुद्ध नयाँ विचार लिएर राजनीति गर्न आएका युवाहरूलाई बेरोकटोक स्थान उपलब्ध हुनेछ । अहिले पुराना र क्रियाशील भएका भनिएका पार्टीहरूका नेता तथा उपल्लो तहका कार्यकर्ताहरू बेनकाब भएर नाङ्गिने छन् । देश अर्को मोडमा पुग्ने छ । जनतालाई पनि अहिलेसम्म उनीहरूले देवतालाई झैँ पुज्ने गरेका नेतानेतृ भनौदाहरूको बास्तविकता थाहा पाएर केही पछुतो हुने छ ।
अहिले पुराना र क्रियाशील भएका भनिएका पार्टीहरूका नेता तथा उपल्लो तहका कार्यकर्ताहरू बेनकाब भएर नाङ्गिने छन् । देश अर्को मोडमा पुग्ने छ । जनतालाई पनि अहिलेसम्म उनीहरूले देवतालाई झैँ पुज्ने गरेका नेतानेतृ भनौदाहरूको बास्तविकता थाहा पाएर केही पछुतो हुने छ ।
– ‘विचारको ‘डेट एस्पायर’ भनेको समाज रुपान्तरणका लागि अर्को चरण हो । अथवा यसलाई यसरी पनि बुझ्न सकिन्छ कि हाम्रो समाज ज्वालामुखीको टुप्पोमा अडिएको छ । यो जुनकुनै बेला पनि विष्फोट हुन सक्छ जसरी अमेरिकामा केही हप्ता अघि एक अश्वेतलाई श्वेत प्रहरीले २० डलर नक्कली भएकै आरोपमा पक्रेर घुँडाले घाँटी थिचेर मा¥यो । यो घटना नेपालमा घट्नका लागि मुखमुख भएको अवस्था छ ।’ नाम नबताउने सर्तमा एक राजनीतिक विश्लेषक भन्दछन् ।