Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफू र आफ्ना बाँचे पो मनाउने नयाँ वर्ष, घरमै बसौँ नयाँसालमा

Milan Ghimire by Milan Ghimire
April 12, 2020
in विचार
0
आफू र आफ्ना बाँचे पो मनाउने नयाँ वर्ष, घरमै बसौँ नयाँसालमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

यतिबेला कोरोना भाइरसको कारण बिश्वनै रोइरहेको । नेपालमा भने नयाँ बर्षको आगमन भएको छ । हुन त यो समय लकडाउनको समय हो । यहि समयमा नै परेकोले नयाँबर्ष सदाको बर्ष भन्दा निक्कै यादगार हुनेछ छ ।सहरियाहरू गाउँगाउँमा आएका छन् । आफन्तहरुको आगमनले यतिबेला गाउँ निक्कै रमाइलो भएको छ । नयाँ बर्ष अनि बसन्त ऋतु, जताततै हरियाली ,बोटबिरुवाले पालुवा फेर्ने ,नयाँ उमङग,नयाँ जोस् जागर अनि उत्साह छर्ने समय साच्चै यो नयाँ बर्षले जनमानसमा एक किसिमको तरङ्ग पैदा गर्ने छ । नयाँ बर्षमा आफन्त, साथीभाइले एकआपसमा भेटेर शुभकामना आदान–प्रदान गर्ने दिन । नयाँ ठाउँ घुम्ने, मीठो खाना खाने, राम्रो लुगा लगाउने चलन । यस पटकको नयाँ वर्षको स्थिति निकै असहज छ । आउँदा दिनका बारेमा के होला, कसो होला भन्ने बारेमा केहि भन्न सकिन्न तर जति बाचिन्छ त्यति खुसी भएर बाचिन्छ अनि आत्मबल उच्च पनि राखिन्छ । जे होस् नयाँ वर्ष २०७७ को सबैलाई एकमुष्ठ शुभकामना । लकडाउनमा सुरक्षित रूपमा बसौँ, अनुशासन पालना गरौँ, कोरोनाको कहरबाट मुक्ति खोजौँ ।

नयाँ बर्ष नयाँ जोशको बर्ष बनाउनको लागी हामीले हाम्रो आत्माबल झनै बडाउन पर्छ । यो पङ्ती तयार गर्दा सम्म नेपालमा कोरोनाको संक्रमणको संख्या १२ पुगेको छ । आजको दिनसम्म विश्वभरि एक लाख आठ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

नयाँ बर्षले हामींमा नयाँ उत्साह थपोस् । एक अर्कालाई भेटेर भन्दा पनि फोनबाट, सामाजिक संजालबाट शुभकामना आदान प्रदान गरौँ । हामी रहे हाम्रा रहन्छन् । हाम्रो मान्छे भन्नलाई आफु पनि बाँच्न पर्छ र अरु पनि बाँच्न पर्छ । हामी कोरोना कहरबाट बाहिर निस्केपछिका हरेक दिनलाई नयाँ वर्ष बनाउन सकिन्छ । नयाँ वर्षमा कोरोनाले दिएको चुनौतीलाई घरमै बसेर सामना गरौँ ।

हामीले आज रातीबाट २०७६ साललाई बिदाइ गर्नेछौ । यो बिदाई सँगै कोरोना संक्रमणको त्रास पनि बिदा हओस् । २०७७ साललाई भोलीबाट स्वागत गर्नेछौ ।

नयाँ बर्ष नयाँ जोशको बर्ष बनाउनको लागी हामीले हाम्रो आत्माबल झनै बडाउन पर्छ । यो पङ्ती तयार गर्दा सम्म नेपालमा कोरोनाको संक्रमणको संख्या १२ पुगेको छ । आजको दिनसम्म विश्वभरि एक लाख आठ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । करिब १८ लाख मानिस सङ्क्रमित भइसकेका छन् । कोरोना भाइरसबाट सुरक्षित र सतर्क रहन नेपाल र नेपलाीका लागी सबैभन्दा उत्तम उपाय घरमै बस्नुहो ।
हामीले आज रातीबाट २०७६ साललाई बिदाइ गर्नेछौ । यो बिदाई सँगै कोरोना संक्रमणको त्रास पनि बिदा हओस् । २०७७ साललाई भोलीबाट स्वागत गर्नेछौ । २०७७ को स्वागत सँगै नयाँ आयामलाई स्वागत गर्न पाईयोस् । कोरोनालाई बाईबाई गर्न पाईयोस् । नयाँ बर्षले कोरोनो जस्ता रोगहरुसंग लड्न सक्ने शक्ति प्रदान गरोस् । कोरोना भाइरसको सबैभन्दा ठुलो औषधी भनेको घरमै बस्नु हो । जसको लागि सरकारले देशनै लकडाउन गरेको छ । सबै जना घरमै बसौँ । कोरोना भगाऔँ । नयाँ वर्ष भित्र्याऔँ ।

हामीले यस पटकको नयाँ वर्ष मनाउने तरिका निक्कै फेरिएको छ । साथीहरु, इस्टमित्रसँग भेट्ने, सँगै खाना खाने, सुखदुःख साट्ने कुरा फोनमै सीमित भए ।

शुभकामना दिने तरिका फेरौँ
समय सँधै परिवर्तनशिल नै रहन्छ । हामीले केही वर्ष अगाडिसम्म पोस्टकार्डको माध्यमबाट, सम्भव हुनेले व्यक्तिगत रूपमा र टाढा हुनेलाई हुलाकमार्फत नयाँ वर्षको शुभकामना आदानप्रदान गरिन्थ्यो । त्यसैगरी सूचना प्रविधिको विकाससँगै परम्परागत चलनलाई मोबाइल एसएमएस, इमेल, ट्विटर, भाइबर र फेसबुक लगाएतका प्रबिधिबाट शुभकामना दिने चलन आएको छ ।
हामीले यस पटकको नयाँ वर्ष मनाउने तरिका निक्कै फेरिएको छ । साथीहरु, इस्टमित्रसँग भेट्ने, सँगै खाना खाने, सुखदुःख साट्ने कुरा फोनमै सीमित भए । कतिपयको परिवार छिन्नभिन्न भएको छ । विदेशबाट नेपाल आउन खोज्ने आउन पाएका छैनन् । कतिपय घर परिवारहरु आफ्ना परिवारका सदस्यहरुलाई विदेशमा कोरोनाको कारण गुमाएर पीडामा हुनु हुन्छ । यो दुखद् घडीको सबै मिलेर सामना गर्नु छ । यो नयाँ वर्षमा सक्नेले नसक्नेलाई सहयोग गरौँ, दुःख र अभावमा परेकालाई माया र स्नेह बाडौँ ,कोरोना भाइरसबाट बचौँ र बाचाऔँ । कोरोनाबाट बाच्न सबै जना आ-आफ्नै घरमा बसौँ । नयाँ वर्षको २०७७ को शुभकामना ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन लाईभ चैत ३० (Live)

Next Post

रेडक्रसद्वारा दुइ पालिकालाई सामाग्री हस्तान्तरण : मन्थलीलाई १० थान पिपिइ

Next Post
रेडक्रसद्वारा दुइ पालिकालाई सामाग्री हस्तान्तरण : मन्थलीलाई १० थान पिपिइ

रेडक्रसद्वारा दुइ पालिकालाई सामाग्री हस्तान्तरण : मन्थलीलाई १० थान पिपिइ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.