Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आमालाई सम्झन दिन वा दिवस कीन कुरुँ ?

जनता भ्वाइस by जनता भ्वाइस
April 23, 2020
in विचार
0
आमालाई सम्झन दिन वा दिवस कीन कुरुँ ?
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, सिन्धुली ।

हामीहरु विभिन्न चाडपर्वहरु मनाउँछौँ, दिवसहरु मनाउँछौँ । सम्झनकै लागि आउने दिनहरु पनि लोकप्रीय नै छन् । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन मनाइने मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व । यो वर्ष पनि आयो थोरै खुसी, धेरै वाध्यता लिएर । आजको दिन जन्मदाता आमालाई सम्मान गर्ने दिन भनिन्छ । शास्त्रमा उपाध्याय (पण्डितं), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । आज बिहानै छोराछोरीले नुहाएर आफ्नी आमालाई राम्रा–राम्रा लुगा लगाइदिने र मीठा–मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने प्रचलन छ । तर, यो कस्तो प्रचलन होे, नौ महिना गर्भमा राखेर अनेकौँ दुख र हन्डर सहेर यो धर्ति देखाउने, संसारमा सबैभन्दा धेरै माया गर्ने आमाको मुख हेर्न वा सम्झन दिन नै कुर्नुपर्ने ? कहिलेकाँही अचम्म लाग्छ, की यि र यस्ता दिवसहरु छन्, दिनहरु छन् जस्लाई हामी विशेष मान्दै आएका छौँ ।

आमा भन्दा ठुलो कुनै भगवान् पनि नलागोस् । हर दुखहरुमा आमा भन्दै रुन सकियोस् । आमा हुने हरुका लागि आँखामा आमा, मनमा आमा, तनमा आमा, हर सुखदुखमा आमा, सफलता असफलतामा आमा ।

जसले गर्भमा भएको शिशुलाई नदेखि–नदेखि पनि आघात प्रेम गरिन्, उनैलाई हेर्न पनि दिन नै आउनपर्ने । सानै हुँदा तेस्तै ३÷४ कक्षामा पढ्थेँ होला । स्कुलको वार्षिक उत्सव तथा अभिभावक भेलामा हाम्रो स्कलको प्रांगणमा पनि हामी धेरै जनाको आमाहरुको भेला थियो । समिक्षा भोली पल्ट मात्र भयो तेरो आमा यस्तो, मेरो आमा यस्तो । तेरी आमा काली, मेरी आमा गोरी आदि इत्यादि । त्यस बेला सबैलाई आफ्नै आमा मन परेको थियो । मलाई पनि मेरै आमा मन परेकी थिइन्, आमा मलाई तिमि नै मन परेकी थियौ साथीहरुले तेरो आमा यस्ती उस्ती भन्दा मन दुखेका थियो । ती पुराना यादहरुले मन झस्काइरहन्छ मलाई पलपल । यो वर्ष बैशाख ११ गते मातातिर्थ औशी पर्यो । आज विहान सबेरैबाट अघिल्ला वर्षहरुमा झैँ, फेसबुकको भित्ताहरु रङ्गिए, लेखेर मिस यु आमा, लभ यू आमा आदि इत्यादि । खैर फेसबुकका भित्ताहरु पनि वर्षमा एक दिन रङ्गिन पाउँछ, जसले संसार रङ्गाइदिइन् । मलाई पनि हिजो साँझ देखि नै हो, तेस्ता मिठा सन्देशहरु आएकाः भोली ममीलाई फोन गर है, भोली घर जान्छौ कि जाँदैनौँ ? जानी भए कतिबेला जानी ?? बिहान पनि आए थुप्रै सजकता मिसिएका सन्देशहरु भनिएको थियो अनि ममीसँग कुरा भयो, फोन गरेउ की गरेनउ ? के भन्नुभयो त ममीले ??

सम्झन्छु भनेर तिमिलाई सम्झिन नपरोस्, हरदम तिमि सम्झनामा हुनु ।” आखिर जे सुकै भएपनि संसारको जुनसुकै आमालाई गर्ने मायामा कहिँ–कतै कसैबाट कमी नहोस् ।

यि सबैको एउटै उत्तर दिन मन छ की, म दिन वा दिवस कुरेर ममीसँग बोल्ने वा भेट्ने गर्दिनँ, भनेर । मलाई यति मात्रै लाग्छ की, जस्ले आफुलाई चुडाएर जीवन दिइन्, जस्ले संसारको सबैभन्दा धेरै प्रेम गर्छिन्, जस्ले सबैभन्दा अघि दुख महसुस गर्छिन्, अनि उनैलाई सम्झिन दिन वा दिवस कुर्न नपरोस् । मातातिर्थ औँसीकै दिन मैले मेरी आमालाई नभेटेको धेरै भयो । केहि पेशागत, केही भौगोलिकता लगाएतका कारणहरु विविध छन् । तर, मन अलिकति पनि विचलित् हुँदैन किनकी दिन वा दिवस हेरेर मात्रै आमालाई सम्झिन पर्छ वा भेट्न पर्छ भन्ने पटक्कै लाग्दैन मलाई । “मेरी प्रिय आमा, तिमिले त मलाई नै लेख्यौ तिम्रो बारे म के लेखौँ ? यति मात्रै चाहन्छु म तिमिलाई सम्झिनका लागि कुनै दिन, बार, तिथि मिति आउनु नपरोस् । सम्झन्छु भनेर तिमिलाई सम्झिन नपरोस्, हरदम तिमि सम्झनामा हुनु ।” आखिर जे सुकै भएपनि संसारको जुनसुकै आमालाई गर्ने मायामा कहिँ–कतै कसैबाट कमी नहोस् ।

यो कस्तो प्रचलन होे, नौ महिना गर्भमा राखेर अनेकौँ दुख र हन्डर सहेर यो धर्ति देखाउने, संसारमा सबैभन्दा धेरै माया गर्ने आमाको मुख हेर्न वा सम्झन दिन नै कुर्नुपर्ने ? कहिलेकाँही अचम्म लाग्छ, की यि र यस्ता दिवसहरु छन्, दिनहरु छन् जस्लाई हामी विशेष मान्दै आएका छौँ ।

आमालाई बदलामा सुख दिन नसकिएला तर, दुख कहिल्यै दिन नपरोस् । आमालाई हेर्न, आमालाई सम्झिन वा आमालाई माया गर्न दिन वा दिवस कुर्न नपरोस् । आमाहरु बस्नका लागि वृद्धाआश्रमहरु नबनुन्, आफ्नो पेटमा पालेर जन्माएकी आमा पाल्ने हैसियत हर सन्तानमा होस् । सन्तानका हर दुखमा दुख्न सक्ने आमाको दुखमा रमाउने दिन कहिल्यै नआओस् । आमालाई सम्झनकै लागि कुनै दिन, वार, तिथि वा मिती कुर्न कहिल्यै कुनै सन्तानलाई नपरोस् । आमाको पवित्र मायालाई कसैको मायासँग तुलना गर्न नपरोस् । संसारका हर कोही आमाले भोको बस्नु नपरोस्, संसारका हर कोही आमाले नाङ्गिनु नपरोस् । आमा भन्दा ठुलो कुनै भगवान् पनि नलागोस् । हर दुखहरुमा आमा भन्दै रुन सकियोस् । आमा हुने हरुका लागि आँखामा आमा, मनमा आमा, तनमा आमा, हर सुखदुखमा आमा, सफलता असफलतामा आमा । आमा नहुनेहरुका लागि मात्र सम्झनामा आमा, चाहनामा आमा । आमा भन्नका लागि आमा, आमा बन्नका लागि पनि आमा, यो संसार सिर्जित हुनका लागि आमा । जय आमा, जय जननी !

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

उमाकुण्डमा प्रवेश गर्न अब यस्तो शर्त लागु

Next Post

आमालाई माया गर्नु भनेको भगवानलाई पुजा गर्नु हो

Next Post
आमालाई माया गर्नु भनेको भगवानलाई पुजा गर्नु हो

आमालाई माया गर्नु भनेको भगवानलाई पुजा गर्नु हो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.