Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आमालाई माया गर्नु भनेको भगवानलाई पुजा गर्नु हो

जनता भ्वाइस by जनता भ्वाइस
April 23, 2020
in विचार
0
आमालाई माया गर्नु भनेको भगवानलाई पुजा गर्नु हो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अनिता थापा मगर

 आमा शब्द नै गहकिलो ,ओजपुर्ण अनि बिशाल छ । आमा जिवनको पहिलो प्रेम हो । निजी स्वार्थ त्यागेर, सारा दुःख–कष्ट सहेर सन्तानको खुसी र सफलतालाई नै आफ्नो खुसी र सफलता ठान्ने आमा मात्रै हुन्। साचिक्कै भगवानको अर्को रुप हो आमा ।  आफूलाई बिर्सेर सन्तानलाई अगाडी बढ्न बाटो देखाउने,प्रेरणाको स्रोत -आमा ।

आमा शब्द आफैँमा पूर्ण र भरिपूर्ण मात्र होइन, सम्पूर्ण पनि । आमा शब्द आफैँमा व्यापक छ ।आमा शब्दले नै मनका सबै ब्यथाहरुलाइ भुल्ने गर्दछ । कति प्यारो शब्द आमा ।

कुनै पनि बच्चाले पहिलो शिक्षा आफ्नो परिवार, अझै भन्नुपर्दा आमाबाटै पाउँछ  भन्ने कुरा हाम्रो जीवनमा चरितार्थ भएको पाईन्छ । अरुलाइ नमिठो नबोल्नु,सबैलाइ समान दृष्ट्रिकोणले हेर्नु, अरुको सेवा गर्न सके नै जीवन सार्थक हुन्छ भन्ने आमाले सिकाएको नैतिक शिक्षालाई आज पनि ग्रहण गरिरहेको हुन्छौँ र गरिरहने छौँ ।

आमालाई कुनै पनि हालतमा श्रद्धा एवं सम्मान गर्न चुक्नुहुँदैन। आमाको अपमान गर्दा वा अपशब्द बोल्दा घोर पाप लाग्छ ।आमा भगवानको अर्को रुप हो ।

हरेक आमा महान हुन्छन् । म सन्तानका लागि कुनै पनि त्याग र बलिदान गर्न पछि नपर्ने मेरी आमा सम्झन्छु । आमाले हाम्रो र हाम्रो जिवनको लागी के गर्नुभयो भन्दा पनि  मेरो लागी र आफ्नो सन्तानको लागी के गर्नु भएन भनेर सोच्ने गर्छु । उहाँ विश्वकै उत्कृष्ट आमामध्येकी एक आमा हुनुहून्छ मलाइ लाग्छ । 

आमाको बयान गर्नुपर्दा सबैभन्दा ठुलो हिमाल सगरमाथा भन्दा पनि अग्ली हुनुहन्छ-आमा । पृथ्बी भन्दा महान र बिशाल हुनुहुन्छ तर ढुङगा जस्तो कठोर अनि कठिन हुनुहुन्न । समुन्द्र भन्दा गहिरो बुझाई भएकी आमा इश्वरको पनि आमा हुन । आमा मायाको पोको हुन, भारी हुन् । हृदयकी खानी हुन । धैर्यताको प्रतिमुर्ति हुन ।सहनशिल हुन् । आमाको महिमा जाति गाए पनि पुग्दैन किनकी आमाको उपमा नै छैन । 

आमा मिठा परिकार त पकाएर खुवाउन सकिन तर हरेक पल हजुरलाइ याद गरिरहनेछु । हजुर त मेरो एक असल साथी हुनुहुन्छ । अरुको लाख भन्दा आमाको साथमा दुख किन नै नहोस् तर हजुरकै काख प्यारो छ ।

एउटा भनाइ छ “मलाइ असल आमा देउ म असल राष्ट्र दिनेछु।“ आमाको महिमा हरेक राष्ट्र र देशमा पनि महत्वपुर्ण भनाइहरु पाइन्छन ।  आमालाई माया गर्नु भनेको भगवानलाई पुजा गर्नु हो। आखिर पृथ्बीको सृष्टि ब्रह्माण्डले गरे पनि हामी छोरा छोरीको सृष्टि आमाले गर्नुभएको छ।

आज मातातिर्थ अर्थात आमाको मुख हेर्ने दिन। आमा म हजुरको सामु त छैन तर हजुरलाइ मैले धेरै सम्झेको छु । हजुरको उर्देको चोलीलाइ फेर्न त सकेको छैन तरु हजुरलाइ मेरो कारणले शिर झुकाउन बाध्य कहिले पार्ने छैन । आमा मिठा परिकार त पकाएर खुवाउन सकिन तर हरेक पल हजुरलाइ याद गरिरहनेछु । हजुर त मेरो एक असल साथी हुनुहुन्छ । अरुको लाख भन्दा आमाको साथमा दुख किन नै नहोस् तर हजुरकै काख प्यारो छ ।

साचिक्कै भगवानको अर्को रुप हो आमा ।  आफूलाई बिर्सेर सन्तानलाई अगाडी बढ्न बाटो देखाउने,प्रेरणाको स्रोत -आमा ।

आमालाई प्रसन्न पार्न सके अन्य कुनै धर्मकर्मको आवश्यकता नपर्ने कुरा शास्त्रमा उल्लेख छ । हामी कुनै दुःख,कष्ट आइपर्दा पहिले आमालाई नै सम्झन्छौं। आपनै अङ्गको कुनै भागमा चोट लाग्यो वा ठेस मात्र लाग्यो भने पनि ’ऐया आमा’ भनिहाल्छौं किनभने हाम्रो अचेतन मनमा पनि आमाले र्दहो डेरा जमाएकी छिन्। यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुन्जेलसम्म माया, ममता एवं संरक्षण पाइरहेका छौं । त्यसैले शास्त्रले ’मातृदेवो भवः।’ भनेर पिता, आचार्य एवं अतिथि भन्दा पहिले आमाको सम्मान गर्न सिकाएको छ। त्यसैले आमालाई कुनै पनि हालतमा श्रद्धा एवं सम्मान गर्न चुक्नुहुँदैन। आमाको अपमान गर्दा वा अपशब्द बोल्दा घोर पाप लाग्छ ।आमा भगवानको अर्को रुप हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आमालाई सम्झन दिन वा दिवस कीन कुरुँ ?

Next Post

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने

Next Post
आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.