तामाकोशी अस्पतालले ३६ घण्टामा १८ वटा आईसोलेसन कक्ष बनाउँदै

चैत्र, ०७

रामेछाप । तामाकोशी अस्पताल मन्थली रामेछापले आगामी ३ दिन अर्थात ३६ घण्टामा १८ वटा आइसोलेसन कक्ष तयार गर्ने भएको छ । जिल्ला अस्पताल रामेछाप र जिल्लाका अन्य स्वास्थ केन्द्रहरु भन्दा श्रोत र साधनले पनि अगाडि रहेको उक्त अस्पतालले बढ्दो कोरोना भाईरस संक्रमणको हल्ला संगै तयारी स्वरुप छोटो समयमा आफनो भवन भित्रै आईसुलेसन कक्ष तयार गर्न लागेको हो ।

सरकारी निर्देशन र तयारीलाई सार्थक बनाउँदै संम्भावित संक्रमणबाट सर्वसाधारणलाई जोगाउने तयारी स्वरुप अस्पतालले सरकारी मापदण्ड भित्र रहेर आईसुलेसन कक्ष तयारी गर्न लागेको अस्पतालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो साता जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अस्पताल भित्र तत्काल आईसोलेसन कक्ष तयार गर्न निर्देशन दिएको र सोहि आधारमा अस्पतालले ६ वटा आईसोलेसन कक्ष यस अघिनै तयार गरिसकेको छ । कोरोना भाइरसंग लडनको लागि तत्कालिन समयमा रामेछाप सक्रिय बनाउनको लागि सो अस्पताल तयार गर्न लागको उहाँको भनाइ छ ।

सम्बन्धीत समचार

एसईई परीक्षा स्थगित

कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन

सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने सरकारको निर्णय