Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रियल मड्रिडले सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित

Milan Ghimire by Milan Ghimire
June 22, 2020
in खेलकुद, समाचार
0
रियल मड्रिडले सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ८,

रामेछाप । स्पेनिस ला लिगामा रियल मड्रिड लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गएराति  भएको खेलमा रियल सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित गदै मड्रिड शिर्ष स्थानमा उक्लिएको हो । उसकोको जितमा करिम बेन्जिमा र सर्जियो रामोसले एक एक गोल गरेका थिए। त्यस्तै सोसीयडाडका लागि एक गोल भने मिकेल मेरिनोले फर्काएका थिए। पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५० औ मिनेटमा रामोसले पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।

त्यसपछि बेन्जिमाले खेलको ७०औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए। त्यसको दुई मिनेटपछि नै सोसीयडाडका अद्नान जानुजाजले गरेको गोल भारले अस्वीकृत भएको थियो । भारको यो विवादस्पद निर्णयको फाइदा रियल मड्रिलाई भएको छ। ​रियलको यो जितसँगै लिगमा बार्सिलोनासँग अंक बराबरी गर्दै शिर्ष स्थानमा उक्लिएको छ।

अब ३० खेलमा रियल मड्रिड र बार्सिलोनाको बराबर ६५ अंक भएको छ। त्यस्तै रियल सोसियडाडको भने ३० खेलमा ४७ अंक छ भने लिगको छैठौं स्थानमा रहेको छ।

उता इङलिस प्रिमियर लिग  फुटबलमा  चेल्सीले एस्टन भिल्लामाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराति नै भएको खेलमा चेल्सीले भिल्लामाथि २–१ गोल अन्तरको जित हासिल गरेको हो । यो जितसँगै चेल्सीले महत्वपूर्ण ३ अंक बटुलेर प्रिमियर लिगमा ३० खेलमा ५१ अंकसहित चौथो स्थानमा रहेको छ । अब म्यानचेस्टर युनाइटेडभन्दा ५ अंकले अगाडी भएकाले चेल्सीले यस सिजनमा चौथो स्थान सुरक्षित गर्नसक्ने देखिएको छ।

त्यस्तै प्रिमियर लिग उपाधिका लागि दुई जित टाढा रहेको लिभरपुल भने एभर्टनसँग बराबरी खेलेको छ । गएराती नै सम्पन्न भएको खेलमा लिभरपुल एभर्टनसँग बिना कुनै गोल रोकिए पछि लिभरपुलको ३० बर्षपछि उपाधि जित्ने अवसर केहि दिन पर धकेलिएको छ । अब लिभरपुलले (भोली)मंगलबार राति क्रिस्टल प्यालेसविरुद्ध खेल्दै छ भने (आगामी)शुक्रबार राति म्यानचेस्टर सिटी विरुद्ध खेल्दै छ। file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमित भेटिए : कोभिड अस्पताल विराटनगर लैजाने तयारी

Next Post

रामेछापसहित वागमती प्रदेशका १० जिल्लामा फौजी किरा प्रकोप

Next Post
फौजी कीरा नष्ट गर्न वडाले विषादी दिने

रामेछापसहित वागमती प्रदेशका १० जिल्लामा फौजी किरा प्रकोप

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.