काठमाडौँ । रामेछाप जिल्ला फुटबल संघ U- 19 भर्सेस संकटा U-16 FC बिच भएको मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । ९० मिनेट सम्म दशरथ रङ्गशाला काठमाडौँमा चलेको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि 0-0 गोलमा खेल टुङ्गिएको थियो ।
रामेछाप जिल्लाको फुटबल इतिहासमा पहिलो पटक जिल्ला को प्रतिनिधित्व गरेर दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङको प्रमुख आथित्यतामा खेलको उद्घाटन गरिएको थियो ।
सो अवसरमा सदस्य सचिव घिसिङले रामेछाप अब फुटबलमय बन्नेमा आफू ढुक्क रहेको बताएका छन् । उनले भने – रामेछापको खेलकुद विकासको लागि म दिलोज्यानले लाग्नेछु ।
फुटबलको चर्चा अब रामेछापमा पनि हुने र फुटबल खेलको विकासको लागि रामेछाप जिल्ला फुटबल संघले भावी योजना बनाएर लाग्ने समेत संघका अध्यक्ष सुन्दर घिमिरेले बताए ।
संकटा क्लबका अध्यक्ष ईन्द्र मान तुलाधर, रामेछाप जिल्ला फुटबल संघका अध्यक्ष सुन्दर घिमिरे, कोच प्रताप श्रेष्ठ, संकटा क्लब परिवार, रामेछाप जिल्ला खेलकुद विकास समिति अध्यक्ष सरोज घागा मगर लगायतका खेलप्रेमीहरूको उपिस्थिति सो खेल समयमा रहेको थियो ।