Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समुदायमा काँग्रेस अभियान रामेछापको बेतालीमा जारी

जनता भ्वाइस by जनता भ्वाइस
February 2, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
समुदायमा काँग्रेस अभियान रामेछापको बेतालीमा जारी
143
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेसको समुदायमा काँग्रेस कार्यक्रम गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीले शुक्रवार पनि सञ्चालनमा रहेको रामेछाप काँग्रेस सचिव दीइक खड्काले बताए । धेरै वडामा कार्यक्रमले औपचारिकता मात्र पाएको अवस्थामा बेतालीले भने चौथो दिन सडक र सडक आसपास सरसफाइ कार्यक्रम गरेको छ । शुक्रवार बेताली काँग्रेसले हलुवा डाँडा देखी बार्ने डाँडा सम्म सरसफाइ गरेको हो ।

जिल्ला प्रतिनिधिका रूपमा बेतालीमा खटिएका नेपाली काँग्रेसका जिल्ला सचिव खड्काले भने -“हामीले केन्द्रको निर्देशन अनुसार १० दिन कार्यक्रम सञ्चालन गर्ने योजनाका साथ अघि बढेका छौँ । आज चौथो दिन सडक सरसफाइ गरेका र्छौ । भोली पाचौं दिन टोल समिति सँग बसेर छलफल गर्ने छौँ । सबै टोल समिति समेट्ने कोसिसमा छौँ । केन्द्रको निर्देशन बमोजिम कार्यक्रम सञ्चालनको तयारीमा हामी छौँ ”।

जिल्ला कार्यसमिति सदस्य सिताराम कार्की,पूर्व पार्टी उपसभापति केदार कार्की, वडा सभापति देव शङ्कर सुनुवार, नेताहरू नानीबाबु बस्नेत, रामचन्द्र बस्नेत, वीर बहादुर कार्की, डम्बर कुमारी भण्डारी, प्रवीण सुनुवार लगायतका नेता कार्यकर्ता अभियानमा रहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

संघीय कानुनलाई चुनौती दिँदै प्रधानाध्यापक नियुक्ति

Next Post

खाँडादेवीमा आठौँ प्रोफेसनल तेक्वान्दो आईटीएफ् प्रतियोगिता सुरु

Next Post
खाँडादेवीमा आठौँ प्रोफेसनल तेक्वान्दो आईटीएफ् प्रतियोगिता सुरु

खाँडादेवीमा आठौँ प्रोफेसनल तेक्वान्दो आईटीएफ् प्रतियोगिता सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.