Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जीवित श्रीमानको मृत्यु भएको भनी भत्ता बुझ्ने महिला र मृत्युदर्ता गरिदिने वडासचिव दोषी ठहर

जनता भ्वाइस by जनता भ्वाइस
February 14, 2024
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
जीवित श्रीमानको मृत्यु भएको भनी भत्ता बुझ्ने महिला र मृत्युदर्ता गरिदिने वडासचिव दोषी ठहर
698
SHARES
3.1k
VIEWS
Share on FacebookShare on Twitter

श्रीमान् जीवित छँदाछँदै मृत्युदर्ता प्रमाणपत्र बनाएर भत्ता बुझ्ने महिलालाई मंगलबार विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले रामेछापको मन्थली ३ का तत्कालीन वडासचिव शिवकुमार महतोलाई पनि दोषी ठहर गरेको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार न्यायाधीशहरू टेक नारायण कुँवर, तेजा नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भत्ता दिने वडा सचिव महतो र भत्ता लिने निर्मला खत्रीलाई दोषी ठहर गरेको हो । अदालतले वडासचिव महतो र भत्ता लिने निर्मला खत्रीलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका ३, ठुलीमदौकी निर्मला खत्रीले आफ्नो श्रीमान् जीवित हुँदाहुँदै पनि श्रीमानको मृत्यु भएको प्रमाणपत्र बनाएर बिधुवा भत्ता बुझ्दै आएकी थिइन् । जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यालय सहयोगी पदमा कार्यरत रहेका उनका पति रामबाबु खत्री जीवित हुँदाहुँदै निर्मलाले श्रीमानको मृत्यु भएको भन्दै वडा कार्यालयबाट एकल महिला भत्ता बुझ्दै आएकी थिइन् । निर्मलाले गत वर्षको माघ महिनासम्म गरी कुल १५ महिनाको मासिक २ हजार ६६० रुपैयाँका दरले ३९ हजार ९ रुपैयाँ भत्ता बुझेकी थिइन् ।
निर्मलाको नाममा २०७८ साल भदौ २१ गते एकल महिला परिचयपत्र बनेको पाइएको थियो । तर एकल महिलाको भत्ता बुझ्न निर्मला सिन्दूर पोतेसहित बैंकमा पुगेपछि बैंकका कर्मचारीलाई शंका लागेर सोधपुछ गर्दा निर्मलाको श्रीमान् जीवित भएको खुलेको थियो । खत्रीलाई तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते सोही दिनदेखि लागू हुने गरी एकल महिलाको परिचयपत्र समेत बनाइदिएका थिए ।
श्रीमान् जीवित हुँदाहुँदै मृत्यु भएको भनी कागजात बनाई भत्ता लिएको पाइएपछि अख्तियारमा परेको उजुरीका आधारमा एकल महिलाको परिचयपत्र बनाइ भत्ता दिने शिवकुमार महतो र भत्ता लिने निर्मला खत्रीविरुद्ध अख्तियारले गत मंसिर ८ गते महतो र खत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापको ल्याङ्गल्याङ्गको च्युरीबोटमा टयाक्टर दुर्घटना, एकको मृत्यु,दुई घाइते

Next Post

टिपर पल्टिँदा एक जनाको घटना स्थलमै मृत्यु

Next Post
त्रिशुलीमा बस खस्दा ३ को मृत्यू,  दर्जन भन्दा बढी बेपत्ता

टिपर पल्टिँदा एक जनाको घटना स्थलमै मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.