Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आगलागी पीडितलाई तरुणले दियो पानी राख्ने ट्याङ्की

जनता भ्वाइस by जनता भ्वाइस
April 11, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
आगलागी पीडितलाई तरुणले दियो पानी राख्ने ट्याङ्की
126
SHARES
4.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको रामेछापका नगरपालिका ९ टारगाउँका आगलागी पीडितलाई नेपाल तरण दल रामेछापले पानी राख्ने ट्याङ्की दिएको छ । बिहीबार पीडितहरूको घरमै पुगेर तरुण दलले एक घर एक ट्याङ्की दिएको हो ।
गत ३ गते (चैत्र ३ गते) टार गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो बस्तीमा लाग्दा १३ घरधुरीमा आगो लागेको थियो । पीडितहरूलाई ५ सय लिटरको १–१ हिलट्याङ्गी दिइएको तरुण दल रामेछापका उपाध्यक्ष बासु फुँयालले बताए ।
प्राप्त सहयोगलाई पीडितहरूको आवश्यकताको आधारमा वितरण व्यवस्थापन मिलाइएको रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेले बताए । प्राप्त सहयोगहरू एकद्वार प्रणालीबाट वितरण गर्ने नीति बनाइएकोले पीडितलाई कुनै पनि अभावमा हुन नदिन प्रयास भएको नगर प्रमुख न्यौपानेले बताए ।
पीडितहरूको आवश्यकतालाई केही हद सम्म भए पनि समाधान गर्ने कोसिस गरिएको तरुण दल रामेछापका अध्यक्ष एवम् गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले बताए । सहयोग प्रदान गर्न रामेछाप नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष समीर कार्की , तरुण दल रामेछापका उपाध्यक्ष जीवन कार्की लगायतको उपस्थिति रहेको थियो ।
टारगाउँमा आगलागीबाट १३ परिवार घरबार विहीन भएका थिए भने करिब २ करोडको क्षति भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लिखु खोलामा पौडी खेल्ने क्रममा एकको मृत्यु

Next Post

रामेछापको भटौलीमा बिहानै टिपर दुर्घटना हुँदा चालकको मृत्यु, सह-चालक घाईते

Next Post
रामेछापको भटौलीमा बिहानै टिपर दुर्घटना हुँदा चालकको मृत्यु, सह-चालक घाईते

रामेछापको भटौलीमा बिहानै टिपर दुर्घटना हुँदा चालकको मृत्यु, सह-चालक घाईते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...