Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खुर्कोट स्थीत सुनकोशी नदिमा निर्माण गरिएको वेलिव्रिज संचालनमा

जनता भ्वाइस by जनता भ्वाइस
October 23, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
खुर्कोट स्थीत सुनकोशी नदिमा निर्माण गरिएको वेलिव्रिज संचालनमा
357
SHARES
3.7k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । खुर्कोट स्थीत सुनकोशी नदिमा निर्माण गरिएको वेलिव्रिज संचालनमा आएको छ । मंगलवार दिउँसो भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रिवन काटेर वेलीव्रिजको उद्घाटन् गरेसँगै संचालनमा आएको हो ।
मन्त्री दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान समेत गरेका छन् ।
गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा दु्रतगतिमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सडक, पुलसम्बद्ध प्राविधिक तथा नेपाली सेनालाई मन्त्री दाहालले सम्मान गरेका हुन ।
मंगलवार बिपी राजमार्गअन्तर्गत सिन्धुली एवं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका क्रममा खुर्कोट पुगेका यातायातमन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए।
सो अवसरमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लीलजन खनालसहित टोलीको उपस्थिति थियो ।
बाढीले रामेछापतर्फको ५१ मिटर पक्की पुल बगाएपछि आवागमन पूर्णरुपमा अवरुद्ध भएकामा मंगलवारदेखि यातायात सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै गाडीको भारबहन क्षमता परीक्षण गरी यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
ऊर्जा जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङले सोचे भन्दा पनि छोटो समयमा पुल निर्माण भएकोमा खुसी व्यक्त गर्दै संकटको वेला र जिल्लाको कुनै पनि विकास निर्माणको काममा आफूले कुनै पनि कसुर नराख्ने बताए । अब सरकारको ध्यान खेरेनिघाटमा बगाएको पक्की पुलको ठाउँमा बेलीब्रिज निर्माण र बाढीले ध्वस्त पारेको बाँकी सडक लगायतका संरचना निर्माण तर्फ केन्द्रित हुने आश्वासन पनि दिए ।
रामेछापको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाको मध्यपूर्व पृतनापति उपरथि सुदर्शन सिलवालले पुल हस्तान्तरण गरे । पुल हस्तान्तरण कार्यक्रमका बोल्दै नेपाली सेनाका सेनानी नारायण तुम्बाहाङ्फेले असोज १९ गतेबाट निर्माण सुरु भएको पुलको निर्माण कार्य १८ दिनमा सम्पन्न भएको बताए । निर्माणको काम आठ दिनमा सकिएको भए पनि सामानहरू नहुँदा थप १० दिन पर्खनु परेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, सरकारी अधिकारीसहित स्थानीय जनताको उपस्थिति थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बाढी पहिरो प्रभावितलाई जस्तापाता र आर्थिक सहयोग

Next Post

दिपशिखाको पोल्टोमा ‘तेस्रो रामेछाप कप’ को उपाधि

Next Post
दिपशिखाको पोल्टोमा ‘तेस्रो रामेछाप कप’ को उपाधि

दिपशिखाको पोल्टोमा ‘तेस्रो रामेछाप कप’ को उपाधि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.