Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चण्डेश्वरी माध्यमिक विद्यालयले जित्यो उमाकुण्ड गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

Kumar Shrestha by Kumar Shrestha
November 29, 2024
in खेलकुद, जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
चण्डेश्वरी माध्यमिक विद्यालयले जित्यो उमाकुण्ड गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि
25
SHARES
2.3k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरीले

रामेछाप । उमाकुण्ड गाउँपालिकामा पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पालिकाको  वडा नं. ४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयले जितेको छ । लगातार तेस्रो पटक पालिकाका अन्य ६ वटा माविलाई पछि पार्दै चण्डेश्वरीले शिल्ड जितेको हो।

गत बुधवार पालिकाको वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स गरी ३० वटा इभेन्टमा २४६ जना विद्यार्थीहरू बिच प्रतिस्पर्धा भएको थियो ।

सो प्रतिस्पर्धामा १० वटा स्वर्ण, ६ रजत र २ कांस्य पदक जित्दै चण्डेश्वरीले पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । त्यस्तै ८ वटा स्वर्ण, ९ रजत र ७ कांस्यसहित वडा नं ६ गुप्तेश्वर स्थित कैलेश्वर माध्यमिक विद्यालय दोस्रो भएको छ ।

विजेताहरूलाई पालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार र वडा अध्यक्षहरूले पुरस्कार प्रदान गरे । विजेता चण्डेश्वरीले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता कैलेश्वरले नगद १५ हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । ४ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जित्दै वडा नं ३ कुँबुँकाँस्थली स्थित  जनता माध्यमिक विद्यालय तेस्रो भएको छ । जनताले नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माध्यमिक विद्यालयले २ स्वर्ण, ६ रजत र ६ जितेर सान्त्वनामा चित्ता बुझाएको उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदिप सुनुवारले बताए ।

चालु आर्थिक वर्ष २०८१/०८२ को कूल २५ लाख बजेट विनियोजन गरी संचालित रनिङ शिल्डमा सहभागी ७ विद्यालयहरूलाई १ लाख १५ हजारको दरले नगद नै सहयोग गरिएको थियो । साथै, यातायात खर्च समेत विद्यालयहरूलाई प्रदान गरिएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

गाडी दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्युु , ३ घाइते

Next Post

शैक्षिक सुधारका लागि बालविकास सिकाई मेला– २०८१ आयोजना

Next Post
शैक्षिक सुधारका लागि बालविकास सिकाई मेला– २०८१ आयोजना

शैक्षिक सुधारका लागि बालविकास सिकाई मेला– २०८१ आयोजना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.