Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शैक्षिक सुधारका लागि बालविकास सिकाई मेला– २०८१ आयोजना

जनता भ्वाइस by जनता भ्वाइस
December 8, 2024
in ब्यानर समाचार, समाचार
0
शैक्षिक सुधारका लागि बालविकास सिकाई मेला– २०८१ आयोजना
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गोकुलगंगा गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला– २०८१ को आयोजना गरेको छ ।

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सहयोगमा गोकुलगंगा गाउँपालिकाले पालिकामा भएका ३३ वटा विद्यालयहरूलाई सहभागी गराएर प्रारम्भिक बालविकास सिकाई मेला–२०८१ को आयोजना गरेको हो ।

मेलामा बालबालिकाहरू द्वारा निर्माण गरिएका शिक्षण सिकाई क्रियाकलाप अन्तर्गतका सामाग्रीहरू र परम्परागत समाग्रीहरु (ढिकी, जाँतो, ओखल, मुसल,) लगायतका सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए ।

कार्यक्रमका अवसरमा जंक फुड (पत्रु खाना) खान नहुने, आफ्नो नियमित स्वास्थ्यको ख्याल राख्नु पर्ने आफ्ना बालबालिकाहरूले गृहकार्य गरेनगरेको अभिभावकहरूले नियमित अनुगमन गर्नु पर्ने लगायतका सन्देश दिने खालका दोहोरी गीत तथा नाटकहरू प्रदर्शन गरिएको थियो ।

एक अर्को बिद्यालयहरुलाई अन्तरघुलन गराई प्रारम्भिक शिक्षण सिकाई क्रियाकलापलाई वृद्धि गदै पालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले बताए ।

यस्ता सिकाई मेलाले आफूहरू जस्ता विद्यार्थीहरूलाई स्थानीय स्तरमा भएका सामाग्री र सीप कसरी प्रयोग गर्ने भन्ने जानकारी हुने र अन्तरविद्यालयको सिप एक अर्काले आदान–प्रदान गर्दा विद्यार्थी साथीहरूबिच सद्भाव कायम हुने भएकाले यस्ता कार्यक्रम बेला वेलामा भइरहनुपर्ने कार्यक्रममा सहभागी शारदा मावि ठोसे की कक्षा १२ मा अध्ययनरत विद्यार्थी प्रियन्का रेग्मीले बताइन । त्यस्तै यस्ता गतिविधिले आफू जस्ता विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभाहरू प्रस्फुटन गराउन समेत मद्दत पुग्ने एक अर्कालाई चिनजानको अवसर भएको र गीत तथा नाटक बाट धेरै सन्देश प्राप्त भएको गोकुलगंगा मावि रस्नालु मा कक्षा–४ मा अध्ययनरत विद्यार्थी सचिन भण्डारीले बताए ।

आफूले जानेको सिप अरूलाई देखाउने र अरूको सिप आफूले लिने यस्तो मेलाले आफू जस्ता धेरै विद्यार्थीलाई धेरै सीप सिकाएको बताए । पछिल्लो पुस्ताले अघिल्लो पुस्तामार्फत निर्माण गरिएका परम्परागत सामाग्रीहरू बिर्सन सक्ने भएकाले त्यसको जगेर्ना गराए पछिल्लो पुस्तालाई जानकारी गराउने र सन्देशमुलका गीत र नाटकले प्रारम्भिक शिक्षण सिकाई क्रियाकलापमा अभिभावकहरूको पनि त्यत्तिकै ठुलो महत्त्व हुन्छ भन्ने सन्देश दिएकोले पनि पालिकाले यस्ता कार्यक्रम हरेक वर्ष गर्न जरुरी रहेको शारदा मावि ठोसे की विद्यार्थी सलिना कार्कीले बताइन ।

गोकुलगंगा गाँउपािलकामा ७८ साल देखि सेतो गुराँस राष्ट्रिय वाल विकास सेवाले गुणस्तरीय शिक्षा सुदृढीकरणका लागि प्रारम्भिक वाल विकास तथा आधारभूत शिक्षा प्रवर्धन परियोजना मार्फत बालबालिकाहरूका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

स्थानीय स्तरमा शिक्षकहरूले निर्माण गरिरहनु भएको शैक्षिक सामाग्री र त्यसको प्रयोग सहित अभिभावकहरूको पनि संलग्नता शिक्षण सिकाई क्रियाकलापमा हुनुपर्छ भन्ने सन्देश दिनका लागि यो मेला आयोजना गरिएको पनि सेतो गुराँस राष्ट्रिय बाल विकास केन्द्र ले बताएको छ । यस्ता कार्यक्रमहरूले शिक्षक र विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलाप वृद्धि हुने र परम्परागत शिक्षण सिकाइको अभ्यासलाई न्यूनीकरण गर्ने गुणस्तरीय शिक्षा सुदृढीकरणका लागि प्रारम्भिक वाल विकास तथा आधारभूत शिक्षा प्रवर्धन परियोजना प्रमुख कर्ण दराईले बताए ।

प्रारम्भिक तहका बालबालिकाहरूको सिकाई उपलब्धि वृद्धि गराउन र जगै देखि सिकाई उपलब्धि बढाउन सकियो भने विद्यार्थीहरूको सीप वृद्धि हुने भएकाले पनि गोकुलगंगा गाउँपालिकाले सेतो गुराँस राष्ट्रिय वाल विकास सेवाको सहयोगमा यस्तो कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका शिक्षा अधिकृत नरेन्द्र सिं भण्डारीले बताए ।

रामेछाप जिल्लामा गुणस्तरीय भवनहरू भएपनि विद्यार्थी र शिक्षाको गुणस्तर खस्कँदै गइरहेको छ । घट्दै गएको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न यस्ता कार्यक्रम जिल्लाका विभिन्न पालिकाहरूले गर्न सके शैक्षिक गुणस्तर वृद्धि हुने गाउँपालिकाका प्रवक्ता चन्द्र सुनुवारले बताए ।

मेला गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काको अध्यक्षता एवं सेतो गुराँस राष्ट्रिय वाल विकास सेवाका कार्य समिति सदस्य नर बहादुर पाख्रिनको प्रमुख आतिथ्यतामा भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चण्डेश्वरी माध्यमिक विद्यालयले जित्यो उमाकुण्ड गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि

Next Post

त्रिशूलीमा खस्यो ग्यास बुलेट, चालक र सहचालक खोज्न गोताखोर परिचालन

Next Post
त्रिशूलीमा खस्यो ग्यास बुलेट, चालक र सहचालक खोज्न गोताखोर परिचालन

त्रिशूलीमा खस्यो ग्यास बुलेट, चालक र सहचालक खोज्न गोताखोर परिचालन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.