Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कक्षा ११ को परीक्षाफल प्रकाशित

Milan Ghimire by Milan Ghimire
September 24, 2019
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, शिक्षा, समाचार
0
कक्षा ११ को परीक्षाफल प्रकाशित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज ७

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गएको जेठमा सञ्चालन भएको परीक्षामा सहभागी ५ लाख ९ हजार ५२ जना मध्ये जम्मा ३ लाख ४९ हजार ६ सय ३ जना उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

उत्तिर्ण हुनेभध्ये जीपीए ३ दशमलव ६१ देखि माथि ल्याउने २ हजार ३ सय १९ जना, जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याउने १३ हजार ७ सय ७२ जना, जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म ल्याउने ३२ हजार २ सय ५३ जना र जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ल्याउने ५४ हजार ८ सय १६ जना रहेको बोर्डले जनाएको छ ।

यसैगरी, जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४० सम्म ८४ हजार २ सय ३९ जनाले, जीपीए १ दशमलव ६१ देखि २ सम्म ८९ हजार ६ सय ५० जना, जीपीए १ दशमलव २१ देखि १ दशमलव ६० ल्याउने ४३ हजार ३७ जनाले तथा जीपीए ० दशमलव ८१ देखि १ दशमलव २० सम्म ८ हजार १ सय ७१ जनाले र ० दशमलव ८० सम्म २१ हजार ३ सय ४६ जनाले ल्याएको पनि बोर्डले जानकारी दिएको छ ।

३१ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै, आंशिकको ग्रेड बृद्धितर्फको परीक्षामा सहभागि मध्ये ७ हजार १ सय ३२ जना परीक्षार्थी उत्तिर्ण भएको पनि बोर्डले जनाएको छ ।

परीक्षाफल www.neb.gov.np, www.neb.ntc.net.np, www.edusanjal.com  मार्फत् पनि हेर्न सकिने बार्डले जनाएको छ ।

यस्तै, मोबाइलबाट १६०० मा एसएमएस गरेर पनि बुझ्न सकिन्छ । एसएमएसका लागि मोबाइलमा NEB टाइप गरी एक स्पेश दिएर सिम्बोल नम्बर टाइप गरि १६०० मा एसएमएस गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै, नेपाल टेलिकमको १६०१ मा डायल गरेर प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।

ग्रेडवृद्धि परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार ग्रेडबृद्धिको परीक्षा कात्तिक ३० र मंशिर १ गते हुनेछ । बोर्डका अनुसार एक विषय मात्र अनुत्तिर्ण भएका विद्यार्थीले जुनसुकै विषय भएपनि कात्तिक ३० गते परीक्षा दिनुपर्नेछ भने २ विषय लागेकाले पहिलो दिन ठुलो कोड भएको विषय र दोश्रो दिन सानो कोड भएको विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । ग्रेडबृद्धिका लागि असोज २८ गते भित्रमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा फाराम भर्नुपर्ने पनि बोर्डले जनाएको छ ।

ujyaaloonline

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियूको हातमा : २५ हजार नगद पुरस्कार पायो

Next Post

सय रुपैयाँको नोटमा लेखियो ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’, आजदेखि बजारमा उपलब्ध

Next Post
सय रुपैयाँको नोटमा लेखियो ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’, आजदेखि बजारमा उपलब्ध

सय रुपैयाँको नोटमा लेखियो ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’, आजदेखि बजारमा उपलब्ध

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.