Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई स् विराटनगर टाइटन्स ३२ रनले पराजित

Milan Ghimire by Milan Ghimire
December 29, 2019
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, समाचार, स्वास्थ्य
0
पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई स् विराटनगर टाइटन्स ३२ रनले पराजित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस १३,

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।

समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ प्राप्त गरेको छ ।

उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँ पाएको छ ।

पोखरा मैदानमा शनिबार भएको फाइनलमा २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १७० रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि मुहम्मद जैद आलमले सर्वाधिक ५७ तथा प्रदिप सिं ऐरीले ३६ रन बनाए ।

बलिङतर्फ चितवनका करण केसीले तीन, सन्नि पटेलले दुई र रोहन मुस्तफाले समान १ विकेट लिए ।

यसअघि चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा ठूलो लक्ष्य दिन सफल भएको थियो ।

पहिलो विकेटका लागि रोहन मुस्तफा र पारस खड्काले ३६ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पारस २५ रन बनाएर आउट भएका थिए। ११ बल फेस गरेका पारसले ४ चौका र एक छक्का प्रहार गरेका थिए ।

पारसपछि क्रिजमा आएका बाबर हायात भने धेरै बेर क्रिजमा टिक्न सकेनन् । बाबर ६ रन बनाएर आउट हुँदा चितवनले ४५ रनमा २ विकेट गुमाउन पुग्यो । त्यसपछि अनिल शाहसँग रोहन मुस्तफाले ९५ रनको साझेदारी गर्दै चितवनको स्कोर १४० मा पुर्‍याएका थिए ।

यसबीचमा तेस्रो विकेटको रुपमा साह आउट हुँदा उनले अर्धशतक बनाएका थिए । ३४ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५० रन बनाएका थिए । १४२ रन हुँदा चौथो विकेट गुमाउँदा रोहन मुस्तफा पनि व्यक्तिगत ५० रनमा आउट भएका थिए ।

१९ रन जोडेका आरिफ शेख पाँचौं विकेटको रुपमा आउट हुन पुगेका थिए । आरिफ शेखले ११ बलमा २ छक्का र १ चौका प्रहार गरेका थिए । त्यसपछि सन्नी पटेल र करण केसीले चितवनको इनिङ्स अघि बढाएका थिए ।

करणले पनि ८ बलमा २ छक्का र २ चौकाको मद्दतले २६ रन जोड्दा सन्नीले ८ बलमा २ चौकाको मद्दतले १६ रन बनाएका थिए। विराटनगरका लागि पुनित मेहरा र मोहम्मद जइद आलमले दुई दुई विकेट लिँदा किशोर महतोले एक विकेट

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

समयले मागेको शिक्षा अहिलेको आवश्यकता : प्रदेश सांसद पन्थी

Next Post

स्वर्गको टुक्रा देखिने नेपाललाई सेयर गरेर विश्वलाई चिनाऊँ : कुपिन्डे ताल

Next Post
स्वर्गको टुक्रा देखिने नेपाललाई सेयर गरेर विश्वलाई चिनाऊँ : कुपिन्डे ताल

स्वर्गको टुक्रा देखिने नेपाललाई सेयर गरेर विश्वलाई चिनाऊँ : कुपिन्डे ताल

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.