Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाग्मती प्रदेशका प्रत्येक जिल्लामा खेल मैदान, कभर्डहल सहितको रङ्गसाल निर्माण गरिने,उमाकुण्डमा २ वटा सुविधा सम्पन्न अस्पताल

Milan Ghimire by Milan Ghimire
February 23, 2020
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, विचार, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
बाग्मती प्रदेशका प्रत्येक जिल्लामा खेल मैदान, कभर्डहल सहितको रङ्गसाल निर्माण गरिने,उमाकुण्डमा २ वटा सुविधा सम्पन्न अस्पताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, ११,

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्रि युवाराज दुलालले रामेछापको खेलकुद क्षेत्रको विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार रामेछापको उमा कुण्ड गाउँपालिकामा चार दिने दोस्रो राष्ट्रपति रनिङ शिला प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको छ । जिल्लाको उत्तरीक्षेत्रको खेल क्षेत्रमा बालबालिकाले देखाएको रुचिलाई मनन् गर्दै मन्त्रि दुलालले आगामी दिनमा प्रदेशले खेल र खेलाडीको विकासको लागि भुमिका खेल्ने आश्वसन दिनुभएको हो । दुलालले प्रदेश अन्य प्रदेशको तुलनामा अघि बढेको बताउदै प्रदेशका सबै जिल्लामा रहेका खेल र खेलाडीको प्रदेशले संरक्षण गर्ने आश्वसन दिनुभयो । प्रदेश सरकार दिगो बिकासमा अगाडि बढिरहेको बताउँदै उहाँले प्रदेशको प्रत्येक जिल्लाहरुमा खेलमैदान कभर्डहल सहितको रङ्गसाल निर्माण गरिने आश्वसन दिनुभयो । साथै उहाँले उमाकुण्ड गाउँपालिका भित्र दुइ वटा सुबिधा सम्पन्न अस्पताल , गाउँपालिका भित्रका ४५ वटै बिद्यालयमा शून्य दरबन्दि भएका बिद्यालयमा पनि दरबन्दि कायम गरिने आश्वसन दिनुभएको हो ।


त्यस्तै कार्यक्रममा बोल्दै बाग्मती प्रदेशका संसद शान्ति प्रसाद पौडेलले ७ सय ५३ वटै स्थानिय तहहरुमा राष्टपति रनिङ सिल्ड प्रतियोगिता चलिरहेको बताउँदै खेल क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथामिकतमा राखेको बताउनु भयो । उहाँले भौगोलिक बिगटता रहेको उमाकुण्ड गाउँपालिकामा गुम्देल देखि भुजि सम्मको सड्कलाइ भरपर्दो बनाउन प्रदेश सरकार लागि परेको आश्वसन पनि दिनुभयो ।

  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो

बाग्मती प्रदेशकै सदस्य मिना ज्ञवलीले आगमी दिनमा पनि प्रदेश सरकारले खेलकुदको माध्यमबाट थुप्रै बिकास निर्माणका कामहरु अगाडि बढ्ने जानकारी दिनुभयो ।


गाउँपालिकाका प्रमुख अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासको लागि पालिकाले चालु आव बाटनै बजेको विनियोजन गरेको जानकारी दिदै खेलकुद राष्टको पहिचान भएको धारणा राख्नुभयो । उहाँले खेलाडी र खेल क्षेत्रबाट राष्टको पहिचान बनाउन खेलाडीहरुलाई आग्रह गर्नुभयो । उमाकुण्ड गाउँपालिकाको समग्र बस्तु स्थितीको बारेमा लिखित रुपमा उहाँले जानकारी सुनाउनुभएको थियो ।

पालिकाकी उप प्रमुख उर्मीला कार्कीले खेल खेल्दा खेलाडीहरुले नियम कानुन भित्र बसेर खेल्नु पर्ने भन्दै नियम कानुन, नियमको पालनमा उच्च जोड्दिनुभयो । कार्कीले नागारिकको अमुल्य मत पाएर बिजय भएका जनप्रतिनिधिले बिकासको काम गर्दा एकै ढिक्का भएर लागिपर्नु पर्नेमा जोड्दिनुभयो् ।

स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित सुरुभएको प्रतियोगितामा गाउँपालिकाका सातै वडाका विद्यालयकाहरुको सहभागिता रहेको छ । सो प्रतियोगितामा भलिबल ,कबडी र एथलेटिक्स् गरि तीन प्रकारको खेल समावेश गरिएको आयोजकले जनाएको छ । साथै शिक्षक कर्मचारी बीच पनि प्रतिस्पर्धा हुने भएको छ ।

फेस्बुकबाट साभार गरिएको

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जातिय विभेद् अन्त्यको लागि सबैको चेतनामा परिवर्तन हुनु जरुरी : नगर प्रमुख बस्नेत

Next Post

उमाकुण्ड गाउँपालिकाको आफ्नै अत्याधुनिक भवन, सेवा सुरु

Next Post
उमाकुण्ड गाउँपालिकाको आफ्नै अत्याधुनिक भवन, सेवा सुरु

उमाकुण्ड गाउँपालिकाको आफ्नै अत्याधुनिक भवन, सेवा सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...