अपडेट : बोलेरो दुर्घटनामा परेका २४ जनाको परिचय खुल्यो (नामावालीसहित)

चैत्र, १८

रामेछाप । मङ्लबार बिहान काठमाडौंबाट अनुमति लिएर भक्तपुरमा ज्यामि काम गर्नेहरु दोरम्बा गाउँपालिका–टोकपुरतर्फ आउदै गरेको बलेरो पिकप खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा साढे पाँच बजे दुर्घटनामा परेका २४ जनाको सनाखत भएको छ ।

नामावाली हेर्नुस्

दुर्घटनमा परी ३२ जना घाइते भएका थिए । दुई जनाको उपचारको क्रममा ज्यान गएको छ । बा १४ च ९४९८ बलेरो गाडी बढी यात्रुबोकेका कारण दुर्घटनामा परेको थियो ।

यता घटनाबारेमा रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बलेरो गाडीले सवारी पास अनुमतिपत्र नै नलिएको जनता भ्वाइसलाइ बताउनुभएको छ । उहाँले प्रशासनको आँखा छलेर क्षमता भन्दा बढी यात्रु बोकेर गाडी सञ्चालन गर्दा दुःखद घटना हुन पुगेको बताउनुभएको हो ।

सम्बन्धित समाचार